अपडेट 
२०७९ असार १, बुधबार ०८:०३

हरियाली बढाउने संगै वातावरण संरक्षण, वन प्रर्वद्धन र विकासका लागी वृक्षरोपण कार्यलाई उच्च प्राथमिक्तामा राखेको डिभिजन वन कार्यालय सप्तरीले विभिन्न गतिविधिमा जोड दिएको छ ।

यसैक्रममा सो कार्यालयले विभिन्न प्रजातिका २ लाख भन्दा बढी विरुवा निःशुल्क वितरण गर्ने कार्य सुरु गरेको छ । जेठ १५ गते देखि सुरु गरेको २ वर्षे विरुवा वितरण कार्यक्रम अन्तर्गत मंगलवार सम्ममा वन प्रजातिका महगनी, अमला, तेजपात, गोल्डमोहरका २ लाख तथा आँप, लिची, कागती लगायतका फलपूmलका १४ हजार विरुवा वितरण गरिसकेको रेन्जर लक्ष्मण साफीले बताए । निःशुल्क विरुवा वितरण अभियान अझ केही दिन जारी रहने उनको भनाइ छ । यसरी विरुवा दिँदा उनीहरुलाई सीप र ज्ञान समेत दिईने गरिएकाले विरुवा वितरण कार्यक्रम फलदायी हुने डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहको विश्वास छ । “विरुवा दिएर मात्र हुदैन, उनले भने, त्यसको महत्व, हुर्काउने र रेखदेख कसरी गर्ने भन्ने वारे सीप र ज्ञान पनि दिने गरेका छौं ।”

उनले जिल्लामा वनक्षेत्र कम रहेकोले खाली रहेका निजी सार्वजनिक जग्गामा समेत वृक्षरोपण गर्नु आवश्यक रहेको बताए । वन संरक्षणका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम संचालन नगरे वन तथा वातावरणमा संकट निम्तने साहको भनाइ छ । कार्यालयले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक आर्जनका लागि समेत विभिन्न गतिविधिमा जोड दिएको छ । यस्तै ग्रामीण भेगका वनमा विविध जातका विरुवा उपलब्ध गराइ रहेको तथा चुरे क्षेत्र संरक्षणका लागि समेत विशेष कार्य योजना तयार पारेर अघि बढेको छ । यसरी तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षरोपण, जीविकोपार्जनका लागि वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरणलाई प्राथमिकतामा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ । संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सवै पक्षको सहयोगमा कार्यान्वयन गराउन सक्रिय भइ लाग्दा सफलता मिल्दै गएको बताइएको छ ।

 

Comment


Related News

Latest News

Trending News