२०७९ असार १, बुधबार ०८:०९

धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

उपभोक्ता समितिका अध्यक्ष सूर्य प्रसाद पुडासैनीले संस्थाको रकम दुरुपयोग गरेको तथा किर्ते कागजात समेत तयार गरी राज्यको राजस्व र जनताको शुल्क ठगी गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो । पुडासैनीले विगत ४ बर्षदेखि कुनै किसिमको भेला वा लेखाजोखा नगरी नगराई फर्जी बिल भर्पाइ तयार पारी झण्डै ३५लाख रुपैयाँ बराबरको हिनामिना गरेको उजुरी परेपछि अख्तियारको बर्दिवास कार्यालयले मिथिला नगरपालिकालाई यसबारेमा अनुसन्धान गर्न पत्र पठाएको छ । उजुरीमा उठान भएको बिषयवस्तु सम्बन्धमा वास्तविकता के कसो भएको हो ? छानबिन तथा आवश्यक कार्वाहीगर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावली, २०५९ को नियम ९ बमोजिम नगरपालिकाको कार्यालयमा लेखी पठाउने भन्ने आयोगको निर्णय भएकोले उक्त निर्णय कार्यान्वयन गर्नु गराउनुहुन अनुरोध छ’ अख्तियारले नगरपालिकालाई पठाएको पत्रमा भनिएको छ, ‘साथै छानबिन गरी कारवाही भए÷नभएको सम्बन्धमा यस कार्यालयमा समेत जानकारी दिन हुन अनुरोध छ ।’

अख्तियारको पत्र प्राप्त भएपछि नगरपालिकाले उपभोक्ता समितिसँग बिभिन्न कागजात माग गरेको छ । समितिलाई पत्राचार गर्दै नगरपालिकाले लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी, समितिको विधानको प्रमाणित प्रतिलिपी तथा विगत ४ बर्षदेखि समितिको साधारण सभाको उपस्थिति तथा निर्णयको प्रमाणित प्रतिलिपी ७ दिनभित्र कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

 

please subscribe our official youtube channel and support us.

Comment


Related News

Latest News

Trending News