२०७९ असार १, बुधबार १५:३०

प्रधानमन्त्री शेरबहादुर देउवाले देशको सार्वभौमकितामाथि प्रश्न उठ्ने कुनैपनि सम्झौता नगर्ने बताएका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग त्यसप्रकारको कुनै सम्झौता नगर्ने देउवाले बताएका हुन् ।

अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे आलोचना बढेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुसँग छलफल गरेका थिए । उनले छलफलमा देशको सार्वभौमकितामाथि प्रश्न उठ्ने कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा भएको छलफलका क्रममा देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका तथ्यहरूमा सत्यता नभएको बताए।

Comment


Related News

Latest News

Trending News