अपडेट 
२०७९ असार २, बिहीबार ०७:१७

जनकपुरधाम । मधेश प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणका लागि चुरे जोगाउ’ मधेश बचाउ अभियान सञ्चालन गर्ने भएको छ ।

बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै चुरे बचाउँ अभियानका लागि १८ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । सो अभियान अन्तर्गत चुरे संरक्षण, भूक्षय तथा पहिरो नियन्त्रण, वृक्षरोपण, जलाशय, पोखरी निर्माण, तालतलैया संरक्षण लगायत कार्यक्रमहरू सञ्चालन हुनेछन् । त्यस्तै दलित बालबालिकाको साक्षरतावृद्धिका लागि वार्षिक दुई हजार रुपैयाँ दिइने भएको छ । यस अन्तर्गत समुदायका बालबालिकाको विद्यालय भर्नादर बढाउन र साक्षरतादर माथि उठाउन दलित शिक्षा अभियान सरकारले सञ्चालन गर्ने भएको छ । सोका लागि आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमा डोम, मुसहर, चमार, दुषाध र हलखोर जातिका बालबालिकालाई वार्षिकरुपमा प्रतिविद्यार्थी २ हजार रुपैयाँ दिने गरी २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै दलित, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि प्रदेश सरकारले उच्च प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ ।

Comment


Related News

Latest News

Trending News