राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति बाराले कलैयामा पत्रकार सम्मेलन गरी राकेश भक्तको हत्यरालाई कारवाही गर्न माग गरेका छन ।
पार्टीका पूर्व उपाअध्यक्ष चिरन्जीवी भतm पौडेलका छोरा राकेश भक्तको हत्याको निष्पक्ष छानबिनको माग गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ । पौडेलको बैसाख २९ गते हत्या भएको थियो । पत्रकार सम्मेलनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण, किसानलाई मल तथा बिउ नपाएर चिन्तित भएको हुँदा समयमैं कृषकका लागि मल र बिउको व्यवस्थापन, महँगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावरकारी संरचना र नीति कायम गर्न ,पेट्रोलियम पदार्थ र खाना पकाउँने ग्यासमा भइरहेको श्रंखलाबद्ध मूल्य वृद्धि अविलम्ब रोक्नु पर्ने लगायतको माग गरेका थिए । भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुका साथै २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पति छानविन गर्न, राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषद्बाट नीतिगत निर्णयको आवरणमा हुँने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्नुपर्ने माग सो पत्रकार सम्म्ेलनमा राप्रपाका सहमहमन्त्री मोहन प्रसाद यादवले गरेका थिए ।
पत्रकार सम्म्ेलनमा जिल्ला अध्यक्ष गिरधारी चौधरी, क्षेत्र नम्बर १ का सभापति ललन यादव, महिला नेतृ साबित्री भारती, नेताहरु माधव त्रिपाठी, रामचन्द्र न्यौपाने, जलिल देवान, नन्दलाल राउत, ईश्वर प्रसाद साह, बिश्वनाथ प्रसाद साह, महम्द हबिद अंसारी, महाबिर यादव, नेत्र गौतम, अनान्द यादव, मेघनाथ पंडितको सहभागिता रहेको थियो । यसैबीच राप्रपाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई २० बुदे माग सहित ज्ञापनपत्र बुझाएका छन ।