२०७९ असार २, बिहीबार ०७:४९

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको १९ पदका लागि ५४ जनाले मनोनयन दर्ता गराएका छन् ।

असार ११ गते हुने निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । संघको अध्यक्षका लागि मोहनप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ । संघको विधानमा बरिष्ठ उपाध्यक्षले मात्रै अध्यक्षमा उम्मेदवारी दिन सकिने प्रावधान रहेकाले शर्माको मात्रै उम्मेदवारी परेको हो । यसअघि बरिष्ठ उपाध्यक्ष रहेका शर्माको एकल उम्मेदवारी परेसंगै संघको अध्यक्षमा उनी निर्वाचित भएका छन् । संघको बरिष्ठ उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा मनोज कुमार गुप्ता, रामचन्द्र पौडेल, ओमप्रकाश गुप्ता, अनिलकुमार साह र दिनेशप्रसाद कलवार रहेका छन् । अध्यक्षबाहेक अन्य सात जना पदाधिकारीका लागि २५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षसहित संघको पदाधिकारीमा बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष उद्योग, महासचिव, सचिव वाणिज्य र सचिव उद्योग पदमा एक–एक जना निर्वाचित हुनेछन् । एक जना निर्वाचित हुने वाणिज्यतर्फको उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । वाणिज्यतर्फको उपाध्यक्षका लागि अर्जुन लम्साल, मोहन साह कलवार, रामनारायणप्रसाद साह, गजेन्द्रप्रसाद गुप्ता र सन्तोष गुप्ताले उम्मेदवारी दिएका छन् ।

उद्योग उपाध्यक्षतर्फ दीपक गुप्ता, विजयकुमार साह र राजुराज गिरीले मनोनयन दर्ता गराएका छन् । संघको महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि अनिलकुमार तिवारी, लक्ष्मण अधिकारी र प्रकाश गिरीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी कोषाध्यक्षमा रामबाबु कलवार र अमरप्रसाद यादवको उम्मेदवारी दर्ता भएको छ । संघको वाणिज्यतर्फको सचिवका लागि रमेशप्रसाद खरेल, गिताकुमारी शर्मा, श्यामबाबु साह, शान्ताकुमारी बजगाई (रिना), विष्णुप्रसाद अधिकारी र कृष्णप्रसाद साहको उम्मेदवारी परेको छ । वाणिज्यतर्फको सचिवमा ६ जनाको उम्मेदवारी दर्ता हुँदा उद्योगतर्फको सचिव भने निर्विरोध भएका छन् । उद्योगतर्फ सचिवका लागि मुकेशप्रसाद साहको एकल उम्मेदवारी परेको छ । यता वाणिज्यतर्फको सात सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको छ भने उद्योगतर्फको तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुने एशोसियटतर्फको सदस्य पदमा भने कसैको उम्मेदवारी परेको छैन् ।

 

Comment


Related News