अपडेट 
२०७९ असार ३, शुक्रबार ०८:२३

रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले निर्वाचित भएदेखि नै निरन्तर रुपमा जनताको काममा सक्रीय भएर लागेका छन् ।

मेयरमा निर्वाचित भएपछि चुनावका बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न नगरका विद्यालय, अस्पताल, सडक लगायतको अवस्था हेर्न मेयर जयसवालले अहिले अनुगमन गर्ने कार्यलाई तीव्रता दिएका छन् । नगर प्रमुख जयसवालले गरुडा नगरपालिका–१ जयनगर स्थित रहेको आधारभूत विद्यालयमा छड्के अनुगमन गरेका छन् । अनुगमनको क्रममा सो विद्यालयमा कार्यरत शिक्षकहरुले चरम लापरवाही गर्ने गरेको पाइएको मेयर जयसवालले जानकारी दिए । विद्यालयमा सर–सफाईको कमी, शिक्षकहरु नियमित विद्यालय नआई कहिले काही मात्र आउने गरेको र घरमै बसी बसी हाजिरी बनाउने गरेको फेला परेको मेयर जयसवालले बताए । त्यस्तै दिवा खाजा समेत कहिलेकाही मनलाग्दो खुवाउने गरेको पाइएको छ । अनुगमनको क्रममा शिक्षकहरुले चरम लापरवाही गरेको देखेपछि नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले नियमित रुपमा विद्यालय आउन शिक्षकहरुलाई निर्देशन दिँदै नियमित समयमा विद्यालय नआउने शिक्षकहरुलाई कडा कारवाही गर्ने चेतावनी समेत दिए ।

शिक्षकहरु नियमित विद्यालय नआउँदा विद्यार्थीहरुको पढाई नै प्रभावित भई उनीहरुको भविष्य नै अन्धकारमा पर्ने भएको हुनाले अबदेखि कुनै किसिमको लापरवाही नगर्न चेतावनी समेत दिए । अनुगमनकै क्रममा जयनगरको मुख्य बाटो नै वर्षाको पानीले हिलाम्य भएको कारण आवतजावत गर्न निकै कठिनाई भएको देखिएकोले नगर प्रमुख जयसवालले तत्कालै मर्मत सम्भार गरी आवागमन सहज बनाउन निर्देशन दिए । आपूm जनताकै काम गर्नका लागि मेयर बनेकाले कार्यालयमा मात्र नबसी गाउँ गाउँ घुमेर जनताको समस्या बुझ्ने र ती समस्यालाई समाधान गर्ने कार्यमा लागेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News