प्लान इन्टरनेशनलको आर्थिक सहयोग र सामाजिक विकास र अनुसन्धान केन्द्रको सहजिकरणमा संचालित बाल संरक्षण परियोजना र प्रारम्भिक बालबिकास परियोजना अन्तर्गत संयुक्त अनुगमन कार्यक्रम विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकामा सम्पन्न भएको छ ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डल, जनकनन्दनी गाउँपालिकाको उपप्रमुख कमला सहगल, र सामाजिक विकास र अनुसन्धान केन्द्रका अध्यक्ष मन्जु यादव, सचिव सोन्फि साह लगायतको सहभागिता रहेको थियो । जनकनन्दनी गाउँपालिकामा र विदेह नगरपालिकामा लैङ्गिक तथा यौनिक हिंसामा परेका वा पर्न सक्ने जोखिममा रहेका महिलाहरुलाई तथा बालबालिकाहरुलाई सहयोग सामग्री वितरण गरिएको थियो । जनकनन्दनीमा जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डलको रोहवरमा, जनकनन्दनी गाउँपालिकाका उपप्रमुख कमला सहगल, वडा नं ३ को वडा अध्यक्ष विसुनदेव साह, वडा नं ४ को अध्यक्ष दिलिप यादव, कार्यपालिका सदस्य सीता देवी खत्वेको रोहवरमा सामाजिक विकास र अनुसन्धान केन्द्रका सचिव सोनफी साहले वितरण गरेका थिए ।
त्यस्तै विपन्न तथा जोखिममा रहेको महिलाहरुलाई विदेह नगरपालिकामा सिलाई मिसिन तथा बाख्रा वितरण गरिएको छ । विदेह नपा वडा नं ६, ७, ८ र ९ का वडा अध्यक्षको रोहवरमा सामाजिक विकास र अनुसन्धान केन्द्रको अध्यक्ष मन्जु यादवले सहयोग वितरण गरेको छ । बाल संरक्षण परियोजनाका अधिकृत अनिल कुमार साहका अनुसार ती महिलाहरुलाई आवश्यक्ताको आधारमा सिलाई मिसिन वितरण गरिएको जानकारी गराएका थिए ।