अस्तव्यस्त, प्रादेशिक अस्पताल जनकपुरको १सय ३५ नम्बर बेडमा छटपट्दिै छिन्, सिन्धुली गोलान्चोर गाउँपालिका– २ की राधिका कार्की ।
त्यो छट्पटीको कारण हो – प्रेमीले उनलाई दिएको पीडा । उनको पेट, हात र खुट्टामा प्लास्टर गरिएको छ । कोल्टो पनि फेर्न सक्दैनन् । राधिकाले यो अवस्था धनुषा महेन्द्रनगरका अरुण साहले करेन्ट लगाइदिएर गरेको बताउँछिन् । ‘अरुणसँगै आठ महिनादेखि बस्दै थिए । हामी दुबै जना एक अर्कालाई माया गथ्र्यौ,’ मैले उनलाई,‘विवाह गर्न दबाब दिदा उनले मलाई करेन्ट लगाएर मार्ने प्रयास गरेको छ । दुबैजना जनकपुर थापा चोकस्थित कोठा भाडामा लिएर बस्दै आएका थियो ।’ कोठामा मात्रै नराखेर विवाह गरी घर लैजान दबाब दिदा अरुणले करेन्ट लगाएको राधिकाको भनाई छ । ‘यहाँ बस्दा खर्च धेरै हुन्थ्यो ।
उनको उपचारमा संलग्न डा. आश्विन यादवले राधिकाको हात र खुट्टाको औला काट्नु पर्ने बताउँछन् । उनका अनुसार राधिकाको शरीरको ३० प्रतिशत भाग जलेको छ । शरीर निकै कमजोर छ । हात खुट्टा र पेटमा बढी असर पुगेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार करिव एक महिनादेखि राधिकाको उपचार अस्पतालमा भइरहेको छ । उनका अनुसार सुरुवातको पहिलो साता राधिका बोल्न सकिनन् । दशदिन पछि आफै करेन्ट लागेको उद्धार गर्ने प्रहरीलाई बताएकी थिइन् । ‘सुरुमा त आफै करेन्ट लागेको कुरा गरेको थियो,’उनले भने,‘एक सातादेखि प्रेमीले करेन्ट लगाएको भन्दै आएका छन् ।’ राधिकाको परिवार फोन सम्पर्कमा आए पनि जाहेरी दिन आएका छैनन् ।
माइती नेपालले अनुसन्धान गरी दोषीलाई कारवाही गरी पाउँ भने निवेदन दिएको छ । तर जाहेरी दर्ता भएको छैन् । कुनै व्यक्ति जाहेरी दिन नआएपछि ढिलाई भएको उनले बताए । ‘सरकारी वकिलसँग परामर्श गर्दै छौं । घर परिवारसँग सम्पर्क भए पनि चासो लिएको छैन्,’बस्नेतले भने,‘कुनै संस्थालाई नेतृत्व गर्ने गरी आइतबार सम्म जाहेरी दर्ता गर्छौ ।’ राधिका दुई वर्ष अघि काम विशेषले खुर्कोट पुगेकी थिइन् । त्यहाँ उनले धनुषा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका युवक अरुण साहसँग चिनजान गरिन् । अरुण काठमाण्डौंबाट घर फर्किदै थिए । उनीसँग खाजा खाने बेला सामान्य चिनजान भएको राधिका बताउँछिन् । ‘त्यही बेला हामी फेसबुकमा जुड्यौं,’उनले भनिन्, ‘फेसबुकबाट हामी नियमित बोल्न थाल्यौं । त्यसपछि फोनमा कुराकानी हुन थाल्यो ।’ दिनहँुको कुराकानीले नजिक भएको राधिका सुनाउँछिन् । करिव एक वर्ष फोनमा नियमित कुराकानी गरेपछि एक– अर्कालाई प्रेम गर्न थाले । ०७८ कार्तिक पहिलो साता राधिका अरुणसँग भागी विवाह गरेको बताउँछिन् । ‘म घरबाट भागेर आए । दुबै जना जनकपुरको थापा चोकमा कोठा लिएर बस्न थाल्यौं,’उनले जानकारी दिदै भनिन्, ‘हाम्रो दैनिक राम्रै चलिरहेको थियो । हामी खुशी पनि थियौं ।’ पैसा अभाव भएपछि राधिका पनि काम गर्ने गरेकी थिइन् । उनले होटेल सीटी पार्कमा पनि काम गरेकी थिइन् । दश हजारको महिना राधिकाले कमाउँदै थिइन् । अरुणले आफ्नो घर परिवारको बारेमा कुनै जानकारी नगराउने गरेको राधिकाले बताइन ।
please subscribe our official youtube channel and support us.