अपडेट 
२०७९ असार ४, शनिबार ०८:४७

जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडि ऋणी–साहुबीच जुहारी भएको छ ।

शुक्रबार धनुषाधाम नगरपालिका– ५ का सुरेश यादव र कलासी देवी महतोसहितको महिलाहरुबीच घम्साघम्सी भएको हो । सुरेशले दिएको ऋण गाउँका महिलाहरुले चुक्ता गरेपनि कागज फिर्ता नगरी मुद्दा गरेको महिलाहरुको आरोप छ । साहु सुरेशले गाउँका करिव २० जना महिलामाथि जिल्ला अदालत धनुषामा मुद्दा दिएका छन् । म िह ल ा ह रु ल े पनि ऋणी सुरेशमाथि अपराधिक विश्वासघात तथा मिटर व्याजीलाई कारवाही गरी पाउँ भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन गाउँबाट आएकी थिइन् । आउदो आइतबार उनीहरुको निवेदन दर्ता गर्ने प्रहरीले आश्वासन दिएका छन् । महिलाहरुले साहु सुरेशमाथि हातपातसमेत गरेको बताइएको छ । चुक्ता गरेको मुद्दा फिर्ता लिन, दिएको पैसा कटौती गर्न र धरौटीमा दिइएको जग्गा जमिन फिर्ता गर्नुपर्ने महिलाहरुको माग छ । सुरेशले ऋण दिए वापत सबैसंग चार गुणा बढीको कपाली तमसुक बनाएको, र धेरै ऋणीले दिएको पैसा मिनाहा नगरेको उनीमाथि आरोप छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बाहिर सामान्य विवाद भएको बताए । बाहिर विवाद भएपछि साहु सुरेश यादव जिल्ला प्रहरीको परिसरभित्र आएर बसेको उनले बताए । ‘हामीले नियन्त्रणमा लिएका छैनौं । बाहिर विवाद भएपछि सुरक्षा दिएका छौं, त्यो हाम्रो कर्तव्य हो,’उनले भने,‘अव समय निर्धारण गरेर दुबै पक्षलाई छलफलमा बोलाएर समस्या समाधानको प्रयास गरिने छ ।’

Comment


Related News

Latest News

Trending News