अपडेट 
२०७९ असार ४, शनिबार १६:२९

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ५ सय ९० पिसिआर परिक्षणका क्रममा ११ जना र ९ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ८८ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आाइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News