अपडेट 
२०७९ असार ५, आईतवार ०६:४०

जनकपुरधाम ।मधेश प्रदेश सरकारले असार १ गते नै प्रदेश सभामा बजेट पेस गरे पनि रेडबुक (बजेट किताब) तयार नभएको कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन् ।

बजेट भाषण हुने अघिल्लो राति नै बजेटको सम्पूर्ण विवरण समेटिएको पुस्तक तयार हुनुपर्नेमा सरकारको लापरवाहीले त्यसो भएको देखिदैन् । अर्थमन्त्री शैलेन्द्र साहले प्रदेश सभामा संक्षिप्त बजेट वाचन गरेका थिए ।सम्पूर्ण बजेट विवरण समेटिएको रेडबुक छलफलका लागि सांसदहरुलाई उपलब्ध गराउनु पर्ने प्रावधान छ ।सांसदहरुले रेडबुक प्राप्त गरेपछि मात्र मन्त्रालयगत रुपमा बजेटमाथिको दफावार छलफल प्रारम्भ हुन सक्छ । तर मधेश प्रदेश सरकारले हरेक वर्ष बजेट सार्वजनिक गरेको हप्ता दिनपछि मात्र रेडबुक उपलब्ध गराउने गरेको छ ।अर्थ मन्त्रालयले बजेटको विवरणहरुलाई लिपिबद्ध गरी बजेट भाषण भएकै दिन मुद्रण गर्नु पर्ने हो ।तर मन्त्रालयको गैरजिम्मेवारीको कारण रेडबुक प्रकाशनमा ढिलाई भएको हो । बजेटमाथिको छलफलका लागि सदनमा पर्याप्त समय दिनु पर्ने हुन्छ ।हिउँदे सदनलाई बजेट अधिवेशन पनि भन्ने गरिएको छ ।तर प्रदेश सरकारले व्यवस्थि र लोकतान्त्रिक विधि अनुरुप सदनलाई चलाएको छैन् ।

अर्थ मन्त्रालयले बजेट पुस्तिका उपलब्ध नगराएको कारण सदन सञ्चालन हुन नसकेको प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए ।‘सरकारले रेडबुक उपलब्ध गराएपछि सदन सञ्चालन हुनेछ’ उनले भने, यसै हप्ता रेडबुक आउनेछ । यस सम्बन्धमा मन्त्रालयका अधिकारीहरुले काम भइरहेको बताउँदै चाँडै रेडबुक सांसदहरुलाई उपलब्ध गराइने बताएका छन् ।सबै मन्त्रालयका योजना, बजेट लगायतका सम्पूर्ण विवरणहरु उल्लेख गर्नुपर्ने भएकाले केही समय लागेको उनीहरुको तर्क छ । अर्थ मन्त्रालयले कानून, न्याय तथा प्रदेश सभा मामिलालाई सबै भन्दा कम र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबै भन्दा बढी बजेट विनियोजन गरेको छ ।

Comment


Related News

Latest News

Trending News