२०७९ असार ५, आईतवार ०८:११

कोल्हवी नगरपालिकामा बालबालिकाको लागि क्षमता अभिवृद्धि तथा बालमैत्री स्थानीय शासनका लागि समूह गठन कार्य सम्पन्न भएको छ ।

कोल्हवी नगरपालिकाको सहयोग र दलित कल्याण समाज गढहलको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । वडा नम्बर–९ श्रीपुर, थस्कौल र वडा नम्बर– ११ मा सम्पन्न सो कार्यक्रममा सहजीकरण रूपनरायण पासवान र रामचन्द्र साफिले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दे कोल्हवी नगरपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष बलबहादुर चौधरीले वालवालिकाको अधिकार सुरक्षित गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको हुँदा हेला नगरी बाल अधिकारको सम्मान गर्न सबैलाई आग्रह गरे । आजका बालबालिका भोलिको कर्णधार हुन त्यसैले उनीहरुको अधारभूत आवश्यकता परिपूर्ति गर्नु पनि परिवार र सरोकारवाला निकायहरुको दायित्व पनि उतिकै रहेको वडा अध्यक्ष चौधरीले भने । वडा सचिव बिरवहादुर यादब र नवनिर्वाचित वडा सदस्यहरूको सहभगितामा सो तालिम सम्पन्न भएको थियो ।

Comment


Related News