२०७९ असार ५, आईतवार ०८:२३

प्रदेश सभा सदस्य रामअशीष यादवले मानव सेवा सर्वोत्तम सेवा रहेकाले सबैले सहकार्य गर्नुपर्ने कुरा बताएका छन् ।

राउन्ड टेबल नेपालले जनकपुरधामको मानव सेवा आश्रममा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर र खाद्यान्न सहयोग कार्यक्रमको शुभारम्भ गर्दै उनले समृद्धि, शान्ति र सद्भावका लागि समाजसेवीहरुको भूमिका महत्वपूर्ण रहेको कुरामा जोड दिए । निःशुल्क स्वास्थ्य शिविरमा डा.रमण मिश्रा,डा. राम ज्ञान यादव,डा. निमु यादव,डा मुकेश पाण्डे,डा पंकज साह सहितले रोगीहरूको उपचार गरी औषधि समेत उपलब्ध गराइएको थियो ।

राउन्ड टेबल नेपालका जनकपुरधाम शाखा अध्यक्ष आशीष झुनझुनवालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गद्वारी निर्माता, समाजसेवी पवन सिंघानिया, मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुमन बरतौला,मारवाडी सेवा समितिका महासचिब प्रमोद अग्रवाल, जनकपुरधाम उधोग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, युवा उद्योगी एसवर्धन सराफ,गौरव झुनझुनवाला ,पियुष अग्रवालसहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Comment


Related News