अपडेट 
२०७९ असार ५, आईतवार ०८:३४

हिमालयको काँखमा अवस्थित नेपाललाई ऋषिमुनी र योगीको देशको रुपमा पहिचान स्थापित छ । धार्मिक दृष्टिकोणले हेर्दा योगीलाई त्यागको मूर्तिपनि भनिन्छ । वास्तविक योगीले परिवारिक मोहबाट आपूmलाई अलग गरेको कारणले त्यागको पनि मूर्ति भनिएको हो । योगीहरुले घरायशी जीवनबाट मुक्त भएर मन, कर्म र बचनको माध्यमबाट अरुलाई सत्यको मार्गमा अग्रसर हुन उपदेश प्रदान गर्छन् । मेरो नजरमा योगी र राजनेतामा खासै फरक छैन् । योगी आफ्ना इष्टदेवप्रति समर्पित रहन्छ भने राजनेताको कर्तव्य भनेको देश र जनताप्रति आपूmलाई समर्पित राख्नु हो । योगीजस्तै पारवारिक मोह त्याग्नु पर्दैन । तर, आफ्ना परिवारभन्दा बढी देश र जनताका लागि सदैव समर्पित रहनुपर्छ । हुन त, नेताहरुले जहिलेपनि आपूmलाई देश र जनताप्रति समर्पित रहेको प्रतिबद्धता प्रकट गर्छन् । तर, अधिकांस नेताहरु जनतासँग गरेका बचनबद्धतालाई विर्सेर आफ्नो परिवार र नातेदारको उन्नतितर्फ नै बढी केन्द्रीत रहेको पाइएको छ । राष्ट्र र जनताप्रति कर्तव्यनिष्ठ राजनेतालाई योगी समान आफ्नो जीवन व्यतित गर्नुपर्छ । जव राजनेताले अविस्मरणीय कार्य गर्छन तव विरोधीलाई पनि बाध्य भएर प्रशंसा गर्नुपर्छ । अहिले भर्खर, स्थानीयतहको निर्वाचन सम्पन्न भएको छ । आउँदो ६ महिनामा प्रदेश र साँसदको निर्वाचन हुनेछ । नेपालमा स्वच्छ छविका इमान्दार र कर्तव्यनिष्ठ नेताको खाँचो छ । तर, पाँच बर्षसम्म जनता स्वच्छ छविको नेता हुनुपर्ने भनेर चर्चा गर्छन् । तर, मतदानगर्ने बेलामा अधिकांस मतदाता सवैथोक विर्सेर पार्टी, जात, अर्थ र क्षेत्रको प्रभावमा परी मतदान गर्छन् । दक्षिण एशियाली राष्ट्रहरुमा राजनीतिलाई बर्चस्वको खेलको रुपमा हेरिन्छ ।

खासगरी, नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गालदेश र अफगानिस्तानमा सत्ता कब्जागर्ने नीतिनै राजनीतिको मुख्य उद्देश्य हो, जस्तो देखिन्छ । निर्वाचित हुनका लागि अनेक प्रकारका गलत बाटोपनि अपनाउने गरिन्छ । आपूmलाई त्यागी र जनताका सुखदुखका साथी भन्छन् । तर, वास्तविकता के देखिएको छ भने राजनीतिलाई सामथ्र्य र आयआर्जनको माध्यमका साथै पारवारिक विरासत कायमगर्न सधैं अवसरको खोजीमा रहन्छन् । छिमेकी राष्ट्र भारतको नेपालको राजनीतिमा केही न केही प्रभाव निश्चित रुपमा पर्छ । सकारात्मक कुराको प्रभाव नगण्य रुपमा पर्छ भने नकारात्मक कुराको प्रभाव अत्यधिक देखिन्छ । विश्वमैं अव्वल नेताको रुपमा नरेन्द्र मोदीको पहिचान स्थापित भएको छ । किनभने, मोदीभित्रको योगीको चरित्रले उहाँको छविलाई उचाईमा पु¥याउनमा अह्म भूमिका खेलेको छ । मोदीको त्याग र दुरगामी सोच देखेर पाकिस्तानका युवाहरु पनि उहाँको प्रशंसा गर्नु विषय आफैंमा अनौंठो हो ।

पाकिस्तानमा मोदी किन चर्चामा आए

ेको करिव ६ महिना पुग्न लागेको छ । प्रधानमन्त्री रह् दा इमरान खान करिव चार बर्षको अवधिमा पत्नीसहित औंपचारिक रुपमा विदेश भ्रमण जाँदा कतिपय मुलुकका सरकारले उहाँकी पत्नीलाई सम्मानस्वरुप उपहारमा बहुमुल्य गहनाहरु भेट दिने गरिन्थ्यो । इमरान खान प्रधानमन्त्रीबाट हटेपछि ति उपहारहरु लाखौं रुपैयाँमा विक्री गरेका थिए । यस विषयमा पत्रकारले सोध्दा इमरान खानले आपूmले पाएका उपहार ‘राखौं वा विक्री गरौं’ । यो विषयमा कसैको सुझाव नचाहिएको भनेर प्रतिक्रिया दिएका थिए । लगत्तै, एक पाकिस्तानी युवकले नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री रहेको बेलाको एउटा भिडियो टुइट्रमार्फत सार्वजनिक ग¥यो । त्यो टुइट्र पाकिस्तानमा अत्यधिक भायरल भयो । मोदीको नाम पनि नसुन्न चाहने पाकिस्तानी युवाहरुले एकाएक मोदीको प्रशंसामा उत्रे र पाकिस्तानी प्रधानमन्त्रीहरुप्रति आक्रोस व्यक्त गर्न थालेका थिए । मोदी लगातार तेस्रोपटक गुजरातको मुख्यमन्त्री बनेपछि सन् २०१४ सालको संसदीय निर्वाचनमा बनारसबाट निर्वाचित भएर पहिलोपल्ट प्रधानमन्त्री बनेका हुन् । गुजरातमा मुख्यमन्त्री रहेको बेलामा कुनैपनि सार्वजनिक समारोहमा पुग्दा उहाँको सम्मानमा कतिपयले पेन्टिङलगायत महङ्गा उपहारहरु भेट गर्ने गर्दथे । ति सवै उपहारहरुलाई मोदीले गुजरात सरकारको ढुकुटीमा बुझाइदिन्थ्यो । ठूलो परिमाणमा ति उपहारहरु एकत्रित भएपछि मोदीको सल्लाहमा लीलामी भयो । ति उपहारको लीलामीबाट एक अर्बभन्दा बढी रुपैयाँ प्राप्त भयो । ति रुपैयाँबाट गुजरातका दयनीय परिवारका विद्यार्थीका शिक्षाका लागि खर्च गर्न थाल्यो । मोदी प्रधानमन्त्री भएपछि एक साक्षात्कार कार्यक्रमा आपूmले पाएका उपहारलाई गरीव विद्यार्थीको पढाईका लागि सदुपयोग गरेको भनेर सार्वजनिक गर्नुभयो । ति रकमबाट अहिलेपनि गरीव विद्यार्थी लाभान्वित भइरहेका छन् । यी कुरालाई सार्वजनिक गर्ने बेलामा मोदीले आपूmले पाएका उपहारलाई व्यक्तिगत सम्झेर राख्न सक्थे ।

तर, मैंले शिक्षामा लगानी गर्ने सोच बनाए । मोदीको त्यो भिडियो क्लिप हेरेर कतिपय पाकिस्तानी युवाहरुले मोदीको प्रशंसामा उत्रिए र पाकिस्तानी टिभीको न्यूज च्यानलमा केही दिनसम्म लगातार बहशको विषय बनेको थियो । मोदीको जस्तै त्याग पाकिस्तानका प्रधानमन्त्रीहरुले किन देखाउन सकेनन् भनेर पाकिस्तानी युवाहरु आक्रोस व्यक्त गरेका थिए । राजनीतिमा विरोध र समर्थन हुनु स्वभाविक हो । तर, अविस्मरणीय कार्य गरेपछि एक न एक दिन विपक्षीपनि तपाईको प्रशंसा गर्नेछन् । नेपालका प्रधानमन्त्रीहरुमध्ये अहिलेसम्म कसैलेपनि आपूmले विदेशमा पाएका उपहारको बारेमा सार्वजनिक गरेको सम्बन्धमा मेरो जानकारीमा छैन् । वास्तवमा, त्यो उपहार राज्यको हुने हो कि उपहार सार्वजनिक पद धारण गरेको व्यक्तिको । यी विषयमा स्पष्ट नीति छैन । जेभएपनि नेताहरुलाई राष्ट्रिय धर्म निर्वाह गर्नुपर्छ । स्पष्ट नीति नभएपनि राजनेताहरुलाई स्वदेश वा विदेशमा पाएका उपहारका विषयमा सर्वसाधारण नागरिकलाई जानकारी हुनुपर्ने हो । यो एक प्रकारले सूचनाको हकभित्र पर्छ । नेपालका अधिकांस नेताहरुका छवि राम्रो नरहेको आम धारणा पाइएका छन् । नेतालाई जनताको हकहितका लागि अग्रसर रहनुपर्छ ।

भारतमा नेशनल हेराल्ड पत्रिकाको स्वामित्वको विवाद

भारतको राजनीतिमा अहिले नयाँ तरङ उत्पन्न भएको छ । भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीसँग गत साता लगातार तीन दिन भारत सरकारको प्रवर्तन निर्देशनालय (इडि)ले नेशनल हेराल्ड पत्रिकाको प्रकरणको सन्दर्भमा बयान लिएका छन् । यसलाई भारतीय राष्ट्रिय काँग्रेसले राजनीतिक प्रतिशोध लिन खोजेको रुपमा व्याख्या गरिरहेका छन् । अहिले अन्तर्र ाष्ट्रिय जगतको ध्यान त्यसतर्फ तानिएको छ । भारतका प्रसिद्ध नेता सुब्रमनियम स्वामीले सन् २०१५को डिसेम्बरमा सोनिया गान्धी, राहुल गान्धीलगायत केही व्यक्तिमाथि दिल्लीको तल्लो अदालतमा धोखाधडी गरेर नेशनल हेराल्डको दुई हजार करोडको सम्पति कब्जा गरेको भनेर मुद्धा दायर गरेको थियो । अहिले सोनिया र राहुल गान्धी जमानतमा छन् ।

नेशनल हेराल्डको विवाद के हो ?

नेशनल हेराल्ड पत्रिकाको प्रकाशन गर्नका लागि एशोसिएटेड जर्नल्स लिमिटेड (एएलजे)कम्पनीको सन् १९३७ मा स्थापना भएको थियो । सो पत्रिकाको पण्डित जवाहरलाल नेहरुले १९३८मा शुभारम्भ गर्नु भएको थियो । भारतको आजादीमा यस पत्रिकाको अह्म योगदान रहेको भनिन्छ । भारत स्वतन्त्र भएपछि नेहरु प्रधानमन्त्री बनेपछि सो पत्रिकाको बोर्डको अध्यक्षको पदमा राजीनामा दिनु भएका थिए । सो नेशनल हेराल्ड पत्रिका भारतीय राष्ट्रिय काँग्रेसको मुख्यपत्रको रुपमा प्रकासित हुन थालेको थियो । सन् १९६२–०६३मा दिल्लीको बहादुर शाह जफर मार्गमा नेशनल हेराल्ड पत्रिकाको भवन निर्माणको लागि सरकारले जग्गा उपलब्ध गराएको थियो । त्यहाँ सात तल्लेको भवन निर्माण भयो । सरकारी जग्गामा भवन बनेकाले यसलाई भाडाँमा दिन नमिल्ने शर्तपनि थियो । सन् २००८मा सो पत्रिकाको वित्तीय अवस्था विग्रेपछि भारतीय राष्ट्रिय काँग्रेसले ९० करोड ऋण दिएको थियो । सन् २०१० मा राहुल गान्धी काँग्रेसको महासचिव रहेको बेलामा यङ्ग इन्डिया लिमिटेडको स्थापना भयो । त्यो कम्पनीको निर्देशकमा स्वयं राहुल नै थियो । पाँच लाख रुपैयाँको लागतमा स्थापना भएको सो कम्पनीको ३८ –३८ प्रतिशत गरी ७६ प्रतिशत शेयर सोनिया र राहुलको थियो भने बाँकी २४ प्रतिशतमा मोतीलाल बोरा, आँकर फर्नाडीज, पत्रकार सुमन दुबे र सैम पित्रोदाको थियो । त्यसपछि, यंग इन्डिया लिमिटेडले रु ५० लाख एएलजेलाई दियो । त्यो रकम एशोसिएटेड जेनरल लिमिटेड (एएलजे)ले पाएपछि उत्ता भारतीय राष्ट्रिय काँग्रेसले दिएको ९० करोडको कर्ज माफ गरिदियो ।

त्यसपछि, विधिवत रुपमा एएलजेको मालिकाना हक यङ्ग इन्डिया कम्पनीको कायम भयो । नेशनल हेराल्ड पत्रिकाको प्रकाशन एएलजेको भारतको लखनऊ, दिल्ली र मुम्बईलगायत अन्य शहरमा रहेका सम्पतिको मूल्य दुई हजार करोडभन्दा बढी रहेको अनुमान गरिएको छ । सो पत्रिकाको सम्पति कसरी यङ्ग इन्डिया कम्पनीको मातहत आएको र यसको मालिकाना हक कायम गर्नका लागि कतै मनि लाँन्ड्रिङ्ग भएको छ कि छैन् भनेर प्रवर्तन निर्देशनालयले राहुल गान्धीलगायतसँग सोधपूछ गरिरहेका छन् । भारतको कानुन अनुसार दलको चन्दाको रकमबाट व्यवसाय गर्न मिल्दैन् । पत्रिका सञ्चालनका लागि काँग्रेसले पार्टीको फन्डबाट ९० करोड रुपैयाँ दिएको छ । रु दुई हजार करोडको सम्पति मात्र रु ५० लाख खर्चेर यङ्ग इन्डिया कम्पनी मातहत आएको छ । सो कम्पनीको निर्देशक राहुल गान्धी हुन् । भारतको लोकसभाका प्रतिपक्ष दलका नेता राहुल गान्धीलाई उहाँका पार्टी काँग्रेसले गत संसदीय निर्वाचनदेखि नै आगामी प्रधानमन्त्रीको रुपमा अगाडि सार्दे आएका छन् । यो विवादले गर्दा राहुल गान्धीको छविमा आघात हुग्ने सम्भावना व्यक्त गर्न थालिएको छ । नेशनल हेराल्ड पत्रिकाका हजारौं मूल्यको सम्पति बडो होशियारीका सोनीया– राहुलले आफ्ना नियन्त्रणमा लिएको देखिन्छ । इतिश्री ।

Comment


Related News

Latest News

Trending News