२०७९ असार ५, आईतवार ०८:५४

धनुषाको शहीदनगर नगरपालिकामा आसन्न स्थानीय तहको चुनावमा कांग्रेसका एक नेताले पार्टीसँग अन्तरघात भएको आरोप लगाएका छन् ।

शहीदनगर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिई पराजित भएका सुधिर कुमार गोईतले कांग्रेसकै एक महाधिवेशन प्रतिनीधिको फोटो साझागर्दै उक्त आरोप लगाएका हुन् । शहीदनगर नगरपालिका–१ कुम्भकरण बस्ने एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शत्रुधन यादवले पार्टीसँग अन्तरघात गरी अन्य पार्टीलाई भोट फ्लो गरेको उनको आरोप छ । गोईतले आफ्नो फेसबुक पेजमा लेखेका छन – धनुषाको शहीदनगर नगरपालिकामा छाता छाप जितेको र जिताउन सफल भएको नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि शत्रुधन यादव खुशीमा रमाएको तस्वीर जसपाका एक नेतासँग राखेका छन् । शहीदनगरमा महाधिवेशन प्रतिनिधि रहेका शत्रुधन यादवले कांग्रेसभित्र अन्तरघात गरी जनता समाजवादी पार्टीलाई भोट दिएको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टीका दिनेशप्रसाद यादवले कांग्रेसलाई १ हजार ६ सय ३८ भोटले पछाडिपार्दे निर्वाचित भएका हुन् । शहीदनगरमा माओवादीसँग टक्करमा रहँदै आएको तथा शहीदनगरमा बलियो संगठन मानिएको कांग्रेसलाई भारी मतान्तरले पराजित हुनु अन्तरघात भएको उनको ठहर छ । तस्वीरमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि शत्रुधन यादव जनता समाजवादी पार्टीबाट–६ मा वडा अध्यक्षमा विजयी भएका उमेश निरालासँगको तस्वीर शेयर गरेका छन् ।

please subscribe our official youtube channel and support us.

Comment


Related News