२०७९ असार ५, आईतवार ०८:५८

बाराका सहायक प्रमुख जिल्ला अधिकारी एवम् संघीय सरकारका बजार अनुगमन निरीक्षक शिवराज सेढाईले उपभोतmा ठग्ने वा कालोबजारी गर्नेलाई कारवाहीको व्यवस्था रहेको कुरामा जोड दिएका छन् ।

उपभोतmा अधिकार संरक्षण एवम् बजार अनुगमन विषयक अन्तरक्रियामा उनले कुनैपनि बहानामा विक्रेताले ठगी वा कालोबजारी गरेको भेटिएमा त्यस्तालाई ६ लाख नगद रुपैया, ३ महिनादेखि ६ महिना कैद सजाय दुवै हुने व्यवस्था रहेको हुँदा सचेत हुन सबै सचेत हुनुपर्ने जोड दिदै तीनै तहका सरकारलाई उपभोतmाको अधिकारलाई संरक्षण गर्ने जिम्मेवारी भएको ध्यानाकर्षण गराए । ठगी गर्नेलाई तुरुन्त ३ लाख रुपैया सम्मको जरिवना गर्ने अधिकार सहायक प्रमुख जिल्ला अधिकारीलाई भएको हुँदा जनस्तरमा पनि त्यसको व्यापक प्रचारप्रसार गर्नका लागि संचारकर्मीहरुलाई उनले आग्रह गरे। जिल्ला प्रशासन कार्यालय र पालिकाहरुको बीचको सम्बन्ध राम्रो हुनुपर्ने बताउदै पालिका स्तरमा उपप्रमुखहरुलाई पनि उपभोतmाको संरक्षण एवम् बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह समेत गरेका थिए । मूल्यभन्दा २० प्रतिशत बढी लिएर समानहरु बेच्ने मापदण्ड तय गरेको अवस्थामा सो भन्दा बढी लिएर कसैले कुनैपनि माल समान बेचिए त्यो ठगी हुने सहायक प्रमुख जिल्ला अधिकारी सेढाईले बताए । सो अवसरमा महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुले आप्mनो पालिकामा उपभोतmा

अधिकार संरक्षण एवम् बजार अनुगमनको पाटोलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता ब्यतm गरिन् । त्यसैगरी प्रसौनी गाँउपालिकाका अध्यक्ष विनोद प्रसादले पनि तत्कालै यो पाटोलाई बोड बैठकबाट निर्णय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यतm गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघका महासचिव रामअशिस साह, जिल्ला प्रशासन कार्यालयका सागर स्याग्तान, कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका फेटा, परवानीपुर, प्रसौनी, बिश्रामपुर, देवताल गाँउपालिकाका प्रतिनिधीहरु, बिभिन्न उपभोतmा मंन्चको प्रतिनिधिको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News