२०७९ असार ५, आईतवार ०९:०६

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षालाई जीवन कौशलका रुपमा बढाउनुपर्नेमा जोड दिएका छन् ।

नगरपालिका शिक्षा शाखाले शनिवार आयोजना गरेको कार्यक्रममा नगर प्रमुख साहले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताए । उनले शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नबनाइै भूमण्डलीकरणको समयमा नागरिकलाई आधारभूत भाषागत जीवन कौशल दिने शिक्षा प्रणाली संस्थागत गर्नु जरुरी रहेको धारणा राखे । उनले भने निश्चित उमेरमा विद्यार्थीहरू भाषागतसहित केही विशेष जीवन कौशल हासिल गर्ने अवसरबाट वञ्चित भए भने पछि त्यो सीप तालिमबाट अपेक्षित रूपमा पूर्ति गर्न गाह्रै हुनेछ ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न उपाध्याय, शिक्षा शाखा प्रमुख मेही लाल यादव , अन्जु पाण्डे , जनकपुरधाम उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News