विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्र विरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी पर्सा चरणबद्ध आन्दोलनमा उत्रेको छ । प्राधिकरणको लापरवाहीको कारण लोसपा महानगर कमिटिले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । गत सातापनि प्राधिकरणको लापरवाहीको कारण मुल मै धर्ना प्रर्दशन गर्दै केन्द्रका प्रमुखलाई ध्यानकर्षण गराएको थियो ।
तत्काल अनियमित लोडसेडिङ अन्त्यको माँग सहित ध्यानकर्षण गराउँदा पनि कुनै सुनवाई नभएपछि आईतबार पनि प्राधिकरणको मुल गेट अगाडी धर्ना प्रर्दशन गरिएको लोसपा महानगर अध्यक्ष ओम प्रकाश सर्राफले बताए । जनतालाई दुख दिन पाईदैन, कुलमान घिसिङ खबरदार, विद्युत कटौती बन्द गर लगायतको अंकित प्लेकार्ड बोकेर लोसपाका युवाहरुले प्राधिकरणको मुल गेट अगाडी प्रर्दशन गरेका हुन ।
अघोषित लोडसेटिङ्ग तथा छिनछिनमा विद्युत कटेपछि जनता दिनहुँ मार खेप्दै आएका छन । कतिपयको प्राविधिक उपकरण समेत जलेर नष्ट भएको छ । प्राधिकरणको लापरवाहीको कारण कतिपय उद्योग समेत बन्द हुने कगारमा पुगेको अध्यक्ष सर्राफले बताए । सहज रुमाप विद्युत आपुर्ति नगरे जनता नै सडकमा उत्रिने चेतावनी समेत उनले दिए ।
सहज रुपमा विद्युत आपुर्ति नहुँदा उद्योग नै बन्द हुने स्थिती सृजना भएपछि वीरगन्जका उद्योगी व्यवसायी चिन्तित बनेका छन । पटक पटक लाईन कट्ने तथा लोभोल्टेजका कारण विधुतिय उपकरणहरु जलने, बिग्रीने तथा उद्योगको उत्पादन कार्यका लागि जडान भएका मेसिनहरु चल्न नसकेर उत्पादनमा नकरात्मक प्रभाव समेत परेको भन्दै सहज रुपमा विद्युती आपुर्ति गर्न यसअघि वीरगन्जका साना उद्योगि व्यवसायी समेत प्राधिकरणमा ज्ञापन पत्र बुझाएको थियो ।