२०७९ असार ६, सोमबार ०७:३७

बारा जिल्लाको कलैयामा कर ब्यवस्थापन तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले गरेका थिए । सो अवसरमा सभापति साहले कर तिर्नु सबैको दायित्व भएकाले त्यसबारे जानकारी हुन जरुरी भएको बताए । कर सम्बन्धी उचित जानकारीको अभावमा विभिन्न संघ संस्थाहरु जेखिममा पर्ने गरेको बताए । सो तालिममा जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष, लेखा समिति संयोजक, प्रबन्धक र लेखाको काम गर्ने काम गर्ने कर्मचारीहरु तालिममा सहभागिता गराइएको संघले जनाएको छ ।

विद्यमान कर सम्बन्धी कानून, सहकारीले पालन गर्नु पर्ने सहकारी विभागले जारी गरेको एकीकृत निर्देशनलाई प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनीले जानकारी दिए । सहभागीलाई चाटर्ड एकाउण्ट धीरज कोईरालाले प्रशिक्षण दिइ रहेको तालिम तीन दिनसम्म चल्ने छ ।

Comment

Related News

Latest News

Trending News