
प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले कर्मचारीको लापरवाहीको कारण वजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् ।
आयोगका निमित कार्यालय प्रमुख दानीकान्त झाको लापरवाहीको कारण आयोगको करोडौ रकम फ्रिज हुने अवस्थामा पुगेको आयोगका पदाधिकारीहरुले आरोप लगाएका हुन् । आयोगका अध्यक्ष रामसहाय यादवले निमित प्रमुख झाले काम गर्न आलटाल गर्ने गरेकाले करोडौँको वजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । आयोग नयाँ संचरना रहेको भवनको मर्मत सम्भारको २० लाख, कम्प्युटर, एसी, लगायतका विद्युतीय समान खरिदको २० लाख, कुर्सी टेबल, लगायतका फर्निचर लगायतका समान खरिदको लागि २० लाख, ४ वटा सवारी खरिदको ३ करोड रकम झाको लापरवाहीको कारण फ्रिज हुने अवस्थामा पुगेको अध्यक्ष यादवले बताए । सवारी खरिदका लागि जेठ ५ गते टेण्डर गरिएपनि अन्य समानहरुको खरिदका टेण्डर गर्न प्रमुख झाले अनाकानी गरिरहेको उनको भनाइ छ । वर्षायाममा चुहिने भवन भएकोले त्यसको मर्मत सम्भारका लागि चालु आर्थिक वर्षमा ३० लाख वजेट विनियोजन गरिएको छ । तर समयमा टेण्डर नगर्दा त्यसको पनि १० लाख रकम फ्रिज हुने पुगेको उनले बताए ।
विद्युतीय समान खरिदका लागि आवश्यक एसपिफिकेशन ३ गते नै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्राविधिहरुले पठाई सकेको अवस्थामा पनि असारमा ५ पनि नियमित प्रमुख झाले टेण्डर निकाली कोटेशनको भरमा समान खरिद गर्ने दाउमा रहेको उनले बताए । आर्थिक अनियमितता, सुशासन पालन गर्ने संस्था भएकोले आफूहरुले सबै थोक पारदर्शी र ऐन कानून सम्मत खरिद हुने पर्नेमा जोड दिईरहेका छौ, अध्यक्ष यादवले भने,‘ हामी कोटेशनभन्दा टेण्डरको मार्फत समान खरिद गर्नुपर्ने हाम्रो भनाइ हो । जोकि भविष्यमा हामीमाथि कुनै टिकाटिप्पणी नहोस् । तर प्रमुख झाले कोटेशनमा समान खरिद गर्न मनसायले समयमा कार्यालयमा नआउने, फोन गर्दा फोन नउठाउने लगायतका बहाना गर्ने गरेका छन् ।’ निमित प्रमुखको क्रियाकलाप वारे आफूले प्रमुख सचिव कृष्णवहादुर राउतलाई समेत जानकारी गराएको बताउदै अध्यक्ष यादवले भने,‘ आफ् नो फाइदा नहुने देखेपछि वजेट नै फ्रिज गर्ने खेल कर्मचारीहरुको देखिएको छ । यस्तो मानसिकताले कसरी प्रदेशको विकास हुन्छ ?’ यता, निमित प्रमुख दानी कान्त झाको मोबाईलमा पटक–पटक सम्पर्क गर्दा उनले फोन उठएनन् । भने यस विषयमा प्रमुख सचिवको प्रतिक्रिया लिन खोज्दा उनले आफू मिटिङगमा रहेको भन्दै मोबाईलमा म्यासेस पठाए ।