२०७९ असार ६, सोमबार ०७:४५

बारामा अविरल बर्षाका कारण माछाको पोखरी भरिएर लाखौँको क्षति भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ गुलरिया टोल स्थित अंसारी एकीकृत कृषि फर्मको पोखरीमा बर्षाको पानी भरिएर माछा बगाउदा करिब तीन लाखको क्षति भएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् । पोखरीमा बर्षाको पानी भरिएर नजिकै रहेको नहरको पानीमा मिसिएको थियो । पोखरी भित्र रहेको विभिन्न प्रजातिको माछाहरु नहरको पानी संगै माछाहरु बगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News