वीरगञ्ज स्थित चिनी कारखाना र कृषि औजार कारखाना संचालनमा ल्याउने सरकारको घोषणामा नेपाली कांग्रेसकै केन्द्रीय नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।
स्थानीय पत्रकार हरुसंग कुराकानी गदै नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले असन्तुष्टि व्यक्त गरेका छन् । निजी क्षेत्रले गर्न नसक्ने काम मात्र सरकारले गर्ने नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका महतले बताए । प्रेस युनियन पर्साद्वारा वीरगंजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना तथा कृषि कारखाना र काठमाण्डुमा रहेको चाइनिज ईटा उद्योग, राजधानी वाहिर बन्द रहेका विभिन्न कारखानाहरू फेरि संचालनमा ल्याउनु पर्ने आवश्यकता नरहेको उनले बताए । देशमा सयौँको संख्या अर्धसरकारी छालाका जुत्ता, कपडा उद्योग त्यस्तै विभिन्न ठाउँमा चिनि कारखानामा सरकारले लगानी गर्नुपर्ने कुनै आवश्यकता नरहेको नेता महतको भनाइ छ ।
सरकारले स्वास्थ्य , शिक्षा, बाटोघाटो , खानेपानी आदि कुरामा लगानी गर्नुपर्ने जोड दिनुपर्ने अहिलेको मुख्य आवश्यक्ता रहेको उनले बताए । एक प्रसंगमा नेता महतले एसपीपी सैन्य गठबन्धन होईन,तर सैन्य गठबन्धन तिर उन्मुख हुन्छ कि चासो र चिन्ताको विषय भएकाले लागु नहुने प्रधानमन्त्रीले बताईसकेको जानकारी दिए । एसपीपी बारे एमाले सरकारको पालामा नै कुरा अगाडि बढेको र अहिले स्थानीय तहमा कम सिट ल्याए पछि एमालेले यसलाई मुद्दा बनाएर प्रदेश र संघको चुनावमा जाने कुरामा जोड दिएको नेता महतको दाबी थियो ।


