२०७९ असार ६, सोमबार ०७:५४

जनकपुरधाममा महिला हिंसा रोक्न गोष्ठी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका– ९ स्थित सामुदायिक सेवा समितिको आयोजनामा गोष्ठी भएको हो । कार्यक्रममा साहभागीहरुले महिला हिंसा न्यूनीकरण तथा मानव बेचबिखन, रोकथाम तथा सचेतनाको विषयमा अवाज उठाएका थिए । वडाध्यक्ष परमेश्वर साहले जनकपुरबाट पनि बालबालिकामाथि हिंसा हुने गरेको बताए ।

महिला र बालबालिकामाथि हुने हिंसा रोक्न सबैको पहल आवश्यक रहेको भन्दै आगामी दिनमा रणनीति बनाएर यस्ता घटना न्यूनीकरण गर्ने उनको भनाई छ । महिला हिंसा रोक्न स्थानीय सरकार गम्भीर भएपनि आवश्यक स्रोत साधनको अभावमा अपेक्षा अनुसार काम गर्न नसकेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News