
रमण कन्ट्रक्सनका संचालक बलराम महतो जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बिच जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताले महतोलाई फुलमाला लगाएर पार्टीमा स्वागत गरेका छन ।
गत स्थानीय चुनावमा महतो जनकपुरधाम उपमहानगरको मेयर पदमा स्वतन्त्रबाट चुनाव लडेका थिए । पाँचौ स्थानमा मत आएर महतो पराजित भएका थिए ।
महतो धनुषा निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभामा चुनाव लड्ने उद्देश्यले जसपा प्रवेश गरेको चर्चा छ ।