२०७९ असार ७, मंगलवार १४:०४
सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लागेका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन ।
काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताएका छन ।
लामिछानेले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छौँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको बताए ।



