अपडेट 
२०७९ असार ७, मंगलवार १४:२३

जनकपुरधाम, अषाढ ७ । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशका आठ वटै जिल्लामा संचालन हुने गरि घुम्ती कोभिड १९ खोप सेवाको शुभारम्भ गर्नु भएको छ ।

मधेश प्रदेश सरकार, अस्ट्रेलियन एड तथा आड्राको संयुक्त सहयोगमा वागमती सेवा समाज सर्लाहीले संचालन गर्न लागेको घुम्ती कोभिड १९ खोप सेवाको मुख्यमन्त्री राउतले एक कार्यक्रमबीच शुभारम्भ गर्नु भएको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री राउतले घुम्ती सेवामा परिचालित हुने स्वास्थ्यकर्मीहरुलाई गम्छा ओढाई लक्षित वर्गलाई यस सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गर्नु भयो । कोभिड १९को भ्याक्सीनले जनजिवनलाई सहज बनाएको स्मरण गर्दै मुख्यमन्त्री राउतले वृद्ध, अशक्त, अपांग तथा दीर्घ रोगीहरुका साथै वच्चाहरुको लागी समेत घुम्ती सेवा संचालन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गर्नु भयो ।

घुम्ती सेवा बाट एक लाख व्यक्ती लाभान्वीत हुने लक्ष्य लिइएको छ । कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, महिला , वालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह सहित समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News