२०७९ असार ७, मंगलवार १७:०३

जनकपुरधाममा आठौँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रुपमा मनाईएको छ । दिवसको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरको प्राङगनमा योग अभ्यास गराईएको हो ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिद्वारा आयोजित योगाभ्यास कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री लालबाबु राउत, मधेस प्रदेश सरकारका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, सामाजिक विकासमन्त्री नवलकिशोर साह, जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थी, स्थानीयवासी, व्यापारीलगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रमको प्रत्यक्ष प्रसार जनकपुरधामको पहिलो र सबै भन्दा लोकप्रीय टेलिभिजन च्यानल टिभि टुडे जनकपुरमार्फत भारतको विभिन्न च्यानलमा गरिएको थियो ।

यसरी मनाईयो जनकपुरधाममा आठौँ अन्तर्राष्ट्रिय योग दिवस (भिडियो)

 

Comment


Related News

Latest News

Trending News