विरगंज स्थीत रहेको भारतीय महावाणिज्य दुतावासले आजादीको अमृत महोत्सवको अवसरमा अन्तराष्ट्रिय योग शिविर सम्पन्न गरेको छ ।
विरगंजको आदर्शनगर रंगशालामा भएको योग महोत्सवमा भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत नितेश कुमार, वाणिज्यदुत शशी भुषण कुमार र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले संयुक्त रुपमा योग कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो । उद्धघाटनको क्रममा महावाणिज्य दुत नितेश कुमारले आज देखी ५ हजार वर्ष पहिले योगको उत्पत्ति नेपालबाट भएको बताउनु भएको थियो । नेपाल र भारतको सम्बन्धलाई बलियो बनाउनुको लागि पनि यो योग शिविर देशका विभन्न सहरहरु मा सञ्चालन भइरहेको पनि जानकारी दिनु भएको छ । स्वास्थ्यको लागि योग महत्तवपुर्ण रहेको पनि उहाँले बताउनु भयो । विरगंजको आदर्शनगर रंगशालामा भएको योगा कार्यक्रममा योगा धिरेन्द« सिंहले सबै आमन्त्रित अतिथीहरु गराउनु भएको थियो ।
योग शिविरमा विभिन्न संघ संस्था, विद्यालयका छात्र छात्रा लागतयले कार्यक्रमा भाग लिएका थिए । भारतीय महावाणिज्य दुतावास विरगंजले विभिन्न समयमा विद्यालयहरु लाई प्रतिस्पर्धा गराएको मा साउथ जोन मा।वी, दिल्ली पब्लीक स्कुल, ज्ञान्डा मा।वी लगायत दर्जनौ स्कुलका उत्कृष्ट भएका विद्यार्थीहरु लाई योगा कार्यक्रम सम्पन्न पश्चात कदर पत्र दिइ दुत नितेश कुमारले सम्मान गर्नु भएको थियो ।



