अपडेट 
२०७९ असार ८, बुधबार ०७:१५

पर्सा प्रहरीले नापी कार्यालय पर्साको एक बिचौलियालाई पक्राउ गरेको छ । सेवग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ मुर्ली घर भएका ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेका छन् । निजामती कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिँदै आएका पाण्डेलाई घुसको रकम सहित पक्राउ गरिएको छ । सेवाग्राहीले दिएको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वममा खटिएको प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ घूस लिँदै गरेको अवस्थामा पाण्डेलाई रंगेहात पक्राउ गरेको हो । व ी र ग ञ् ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी राजनारायण झा, नयाँ नापीको लालपुर्जा वनाउनकालागि, जग्गा कित्ताकाट काट लगायतका काम गराउनका लागि विगत तीन महिनादेखि नापी कार्यालयमा धाउँदै आएका थिए। नापी कार्यालयका कर्मचारीले अनेक बहानामा झाको काम गर्न आलटाल गरेपछि पाण्डेको सम्पर्कमा पुगेका झालाइ पाण्डेले सम्पूर्ण काम गरिदिनकालागि मंगलबार अपरान्ह ३ बजे बोलाएका थिए । त्यसका लागि पाण्डेले झासँग घूस बापत १ लाख २५ हजार रुपैयाँ मागेका थिए । पाण्डेले माग गरेको रकम बैंकबाट निकालेर उनलाई बुझाउने क्रममा पाण्डेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

पक्राउ परेका पाण्डेविरुद्ध ठगी कसुरमा कारवाही अगाडि बढाईने प्रहरी उपरीक्षक बस्नेतले बताए । पक्राउ परेका पाण्डे नापी कार्यालयका कर्मचारीको मिलोमतोमा वर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाकसमेत लगाएर बस्ने गरेका थिए । मङगलबार पाण्डे पक्राउ परेपछि नापी कार्यालयले झाको सम्पूर्ण काम गरी दिएको छ ।

Comment


Related News

Latest News

Trending News