अपडेट 
२०७९ असार ८, बुधबार ०७:२७

दोस्रो विवाह गरेको आरोपमा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक युवक कान्छी श्रीमती सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिरहा जिल्ला वस्तीपुर ९ घर भई हाल सप्तरीको सुरुंगा नगरपालिका ३ मा वसोवास गर्दै आएका जलेश्वर यादव र मन्जु देवी छन् । उनीहरुलाई ंमंगलवार दिउँसो प्रहरीले वसोवास स्थल नजिकैबाट पक्राउ गरेको हो । श्रीमानले दोश्रो विहे गरेको र आपूmलाई सम्पूर्ण अधिकारबाट वञ्चित गरी विचल्ली बनाएको भन्दै पीडित जेठी श्रीमती आशिया देवी यादव न्यायका लागि प्रहरी हुदै अदालत सम्म पुगेकी थिइन । २०७३ जेठ २ गते उक्त बहुविवाह मुद्दा उपर सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले जलेश्वर र मन्जुलाई जनही १ वर्ष कैद र ५ हजार जरिवानको फैसला गरेको थियो । त्यस पछि जलेश्वर कान्छि श्रीमती सहित फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई मंगलवार नै अदालतमा उपस्थित गराउँदा आदेश अनुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । जिल्लामा केही समय यता घर निकाला, महिलाहिंसा, श्रीमती हुँदा हँुदै अर्काे विवाह लगायतका विकृति र विसंगतिहरु बढदै गएकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News