अपडेट 
२०७९ असार ९, बिहीबार ०८:२५

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर स्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्रको शिलान्यास गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले बुधवार एक समारोहका वीच प्रसूति सेवा केन्द्रको शिलान्यास गरेका छन् । सूर्या नेपाल प्रा.लि.को आर्थिक सहयोगमा १५ सय स्कवायर फिटमा सुबिधा सम्पन्न भरयाङ्ग सहितको ४ कोठ्ठे भवन र एक वटा शौचालय सहितको बाथरुम निर्माण हुने उद्योगका प्रतिनिधि यज्ञबहादुर आलेले जानकारी दिए । जीतपुर सिमरा उपमहानगरपालिकामा सबभन्दा बढी प्रसूति हुने स्वास्थ्य चौकीमा जीतपुर स्वास्थ्य चौकी पर्ने गर्दछ । यहाँ हरेक महिना करिब ६० देखि ७० जनाको हराहारीमा प्रसूति महिलाहरुले बच्चा जन्माउने गर्दछन् । एक करोडको लागतमा निर्माण हुने अनुमान गरिएको सो सेवा केन्द्र दुई महिना भित्रै निर्माण गरिने लक्ष्य राखिएको छ । भवन अभावमा स्वास्थ्य उपचार र प्रसूति एउटैँ ठाउँमा गर्नुपर्ने बाध्यताले बिरामी र स्वास्थ्यकर्मीहरुले बाध्यता खेप्दै आएका थिए । सो बर्थिङ सेन्टरको भवनमा सेवा प्रवाह गर्न असहज भएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले बर्थिङ सेन्टर भवन निर्माण गरिदिनका लागि सूर्या नेपालसंग आग्रह गरेको थियो । संघको आग्रहपछि सूर्या नेपालले उपमहानगरपालिकासंग समन्वय गरेर भवन निर्माणको प्रक्रिया अघि बढाएको हो ।

भवन शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकाको नगर उप प्रमुख भोला अधिकारी , प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, सूर्या नेपालका उद्योग व्यवस्थापक सुरेशकाजी श्रेष्ठ, कमर्सियल म्यानेजर उमेश थापा, मानव तथा संसाधन विभागका सरविन श्रेष्ठ, नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष मोहन शर्मा, निवर्तमान अध्यक्ष संजय साह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडाध्यक्ष सुनिल गुप्ता, ईन्जिनियर निरज मिश्र, एमाले नेता देवनारायण चौधरी ,राजुराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News