२०७९ असार ९, बिहीबार ०८:४३

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफूहरु पैसाका कारण चुनावमा पराजित नभएको बताए । ‘पैसा नभएका कारण जितेनौं भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ बर्षकै उमेरमा मेयर भएर देखाइदिएका छन्’ उनले भने, ‘हाम्रा उम्मेदवारमा आत्मविश्वासको कमी देखियो ।’

उनले अघि भने, ‘जब आफैं चुनाव जित्ने विश्वास छैन भने जनताले कसरी मत दिन्छ ?’ अध्यक्ष राउतले अन्य पार्टीले अरु दलले आफ्नो पार्टी र उम्मेदवारविरुद्ध भ्रम फैलाएको पनि आरोप लगाए । ‘तिमी कहाँ जित्छौं, पैसा छैन । अर्काे पटक उठ्नु नि !’ जस्ता कुरा बोलेर आफ्ना उम्मेदवारको आत्मविश्वास घटाउने काम गरेको उनले बताए ।

Comment

Related News

Latest News

Trending News