अपडेट 
२०७९ असार ९, बिहीबार ११:००

हज यात्राका लागि नेपाली मुस्लिम धर्मावलम्बीको टोली साउदी अरेबिया प्रस्थान गरेको छ । टोलीलाई सरकारले बिदाइ गरिएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले हज यात्रामा निस्किएको इस्लाम धर्मावलम्बीको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका हुन् ।

कोभिड संक्रमणका कारण अघिल्ला दुई वर्ष हज (तीर्थाटन) गर्न नपाएका नेपाली मुसलमानहरु यो वर्ष हजका लागि प्रस्थान गरेका हुन् । यो वर्षको हज असार २३-२८ मा हुनेछ । हज गर्न नेपालबाट हजयात्री साउदी अरबको जेद्दा हुँदै मक्का जानेछन् ।

हज समितिका केन्द्रीय अध्यक्ष शमशेर मियाँका अनुसार यो वर्ष ५२१ जनालाई मात्र हज गर्नका लागि साउदी सरकारले अनुमति दिएको छ। यस वर्ष प्रतिहजयात्रीले चार लाख ६३ हजार रुपियाँ तिर्नुपरेको छ ।

Comment


Related News

Latest News

Trending News