भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटका योजना अधिकृतले मापदण्ड विपरीत पशु फर्मको सिफारिस गरेको रहस्य खुलेको छ ।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ५० प्रतिशत अनुदानमा संचालन गरेको पशु पंक्षी सुदृढीकरण कार्यक्रम अन्तर्गत संचालन हुने कार्यक्रमको लागि योजना अधिकृत विरेन्द्र पटेलले आर्थिक प्रलोभनमा परी गलत सिफारिस गरेको स्थलगत अनुगमनबाट प्रमाणित भएपछि सो रहस्य खुलेको हो । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ४ निवासी प्रमोद प्रसाद पटेलले संचालन गरेको रोशन कृषि तथा पशु फार्ममा स्थलगत अनुगमन हुदा ४ वटा भैसी र २ वटा पारी फेला परेको छ । योजना अधिकृत पटेलले आर्थिक प्रलोभनमा पारी ४ वटा भैसी भएको फर्मलाई १० वटा भैसी भएको सिफारिस गरेको हुँदा प्रदेश सरकारको रकम अनियमितता गर्ने तर्फ पटेल लागि परेको खुलासा भएको हो । राजदेवी नगरपालिका वडा नम्बर ७ बस्ने लालबाबु प्रसाद साहले सोही वडामा संचालन गरेको कुखुरा पालन फार्मलाई योजना अधिकृत पटेलले आर्थिक रुपमा हास फार्मको सिफारिस गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवको नाम बेचेर योजना प्रमुख पटेलले कानून विपरीत कार्य गरेको हुँदा कानूनी कारवाही गर्नुपर्ने अवस्था देखिएको छ । जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटका प्रमुख राम पवित्र दासले कानून विपरीत सिफारिस गरिएको कृषि तथा पशु फार्मको स्थलगत निरीक्षण अनुगमन गरे पश्चात कार्यक्रम स्वीकृत गर्ने प्रतिवद्धता जनाएका छन् ।
योजना अधिकृत पटेलले पुष महिनामा अनुगमन गर्दा पटेलको ८ वटा भैसी देखिएको बताएका छन् । तर पटेलले संचालन गरेको फार्ममा कार्यालय प्रमुख सहितको टोलीले स्थलगत अनुगमन गर्दा ४ वटा भैसी र २ वटा पारी भेला परेको छ । फार्म संचालक पटेलले ८ वटा भैसी खरिद गरेको भए पनि १ वटा पाल्नकालागि अरुलाई दिएको बताए । अव्यवस्थित गोठ निर्माणले राज्यको रकम अपच गर्ने उद्देश्य प्रस्ट देखिएको छ । पशु सेवा विज्ञ केन्द्रका प्रमुख दासले भने स्थलगत रुपमा देखिएको अवस्थालाई आधार मानेर प्रक्रिया अगाडि बढाउने बताए । रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ निवासी लालबाबु प्रसाद साह तेलीले व्यवसाय संचालन गर्दा रौतहट उद्योग बाणिज्य संघमा पशु पालन कुखुरा पालन र मत्स्य पालनको अनुमति लिएपनि योजना प्रमुख पटेलले नियम विपरीत हाँस पालनको स्वीकृति योजना प्रमुखले दिएको कार्यालय प्रमुख दासले बताएका छन् । नियम विपरीत दिइएको अनुमति खारेज हुने कार्यालय प्रमुख दासले चेतावनी दिएका छन् । प्रदेश सरकारले योजना प्रमुख पटेल र पशु प्राविधिक सहायक मदन सिंह यादव लाइ नियुक्त गरेपछि यी दुवै जनाले कानून विपरीत कार्य गर्दै आएका छन् । योजना प्रमुख पटेल गत पुष महिनामा अनुगमन गर्दै प्रमोद पटेलको ८ वटा भैसी देखिएको आधारमा अनुदानको सिफारिस गरेको दावी गरेका छन् । असार महिनामा अनुगमन हुनु पर्नेमा योजना प्रामुख पटेलले पुष महिनाको अनुगमनको आधारमा गरेको सिफारिस गलत रहेकोले कारवाही गर्न स्थानियहरुले माग समेत गरेका छन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw


