अपडेट 
२०७९ असार १०, शुक्रबार १८:२४

जनकपुरधाम उपमहानगरपालिकाले एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याएको छ ।

शुक्रवार उपमहानगरपालिकाले नगरसभामा बजेट सार्वजनिक गरेको हो। उपमहानगरपालिकाले विनियोजन गरेको रकम मध्ये चालु खर्च रु १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजीगत खर्च ७३ करोड ३० लाख १८ हजार विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले आर्थिक विकास तर्फ ४ करोड ५६ लाख, सामाजिक विकास तर्फ ६७ करोड ४२ लाख, पूर्वाधार विकास तर्फ ६४ करोड ६५ लाख, वन वातावरण तथा विपद व्यवस्थापन विकास तर्फ ५ करोड र सुशासन तथा संस्थागत विकास समिति तर्फ ४९ करोड ७१ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको हो ।

Comment


Related News

Latest News

Trending News