अपडेट 
२०७९ असार ११, शनिबार ०८:५०

महोत्तरीको लोहारपट्टि नगरपालिकाले ५५ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार सम्पन्न नगरसभावाट ५५ करोड८९ लाख ९ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । लोहारपट्टि नगरपालिकाका मेयर शैलेन्द्रकुमार यादवले प्रस्तुत गरेका बजेटमा चालु तर्फ ३३ करोड ५६ लाख ९ हजार र पूँजीगत तर्फ २२ करोड ३३ लाख रुपैयाँ प्रस्तुत गरिएको छ । प्रस्तुत गरिएको बजेटमा कार्यालय अन्तर्गतको सामाजिक सुरक्षा कार्यक्रम गरिव संग विशेश्वर कार्यक्रम, सडक बोर्ड, एलजीसीडीपी लगायतका कार्यक्रमको बजेट अनुसारको कार्यक्रम नापावाट सञ्चालन भएतापनि स्थानीय संचित कोषमा खातामा जम्मा नभएको हुनाले बार्षिक बजेटमा समावेश नगरिएको मेयर यादवले जानकारी दिएका थिए । बजेट प्रस्तुत गर्दै मेयर यादवले नगरपालिका अन्तर्गतका आधारभूत तथा मावि तहका विद्यार्थीहरुको शैक्षिक स्तर सुधार, छात्र छात्राहरुलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाईने, विपन्न बालबालिकालाई विशेष प्रोत्साहित गरी विद्यालयमा पठन पाठनको व्यवस्था मिलाइने, वेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News