बीरगञ्जको रानीघाटमा अवस्थित जीवन ज्योती माध्यमिक बिद्यालयले शुक्रवार एक समारोहका बीच इन्भेटिचर सेरोमनी (ब्याच बितरण) कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बल १३ नं. हेडक्वाटर बीरगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष बस्नेतले पानसमा बत्तीबालि कार्यक्रमको बिधिवत रुपमा उद्घाटन गरेका थिए । बिद्यालयमा अध्ययनरत्त कक्षा एक देखि १० सम्मका बिद्यार्थीहरु मध्ये छानिएका ७१ जना क्याप्टेनहरुलाई ब्याच बितरण गरिएको थियो । कार्यक्रममा स्कुलकी सञ्चालिका मिनाक्षी गुप्ता, प्राइम बैंक मधेश प्रादेशिक कार्यालयका रिजनल म्यानेजर बुद्धि बराल, नेपाल पत्रकार महासंघ पर्साका प्रदेशसभा सदस्य महेशचन्द्र गौतम, क्रियाशील युवा पत्रकार मंच नेपालका अध्यक्ष प्रणय कुमार, बीरगञ्ज महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता, एकेडमी डाईरेक्टर रेनुका गिरीले उक्त बिद्यार्थीहरुलाई स्कुल क्याप्टेन, सहायक स्कुल क्याप्टेन, एकेडेमिक प्रिफेक्ट, डिसिप्लिन प्रिफेक्ट, हाउस क्याप्टेन र इंगलिस स्पिकिङ्ग सोसाईटीको ब्याच बितरण गरेका थिए ।
ब्याच बितरण गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बिद्यार्थीहरु जुन क्षेत्रमा आवद्ध भएपनि भोलीका दिनको कर्णाधार रहेको बताएका थिए । बिद्यार्थीहरुको भबिष्य स्वयम बिद्यार्थीहरुको हातमा रहेको हुनाले शिक्षकहरुले पढाएको कुरा राम्ररी सिख्नु पर्ने बताए । बिद्यार्थीहरूको नेतृत्व बिकासका लागि उल्लेखित बिद्यालयहरूमा प्रोत्साहन स्वरूप ब्याच बितरण गरिएको स्कुलका फाइनान्स प्रमुख निखिल गुप्ताले बताए ।

