२०७९ असार ११, शनिबार ०९:२१

रौतहट जिल्लाका १२ पालिकाले एकै दिन नगर सभाको अधिबेशन सम्पन्न गरेका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा भएको संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले अषाढ १० गते सम्म योजना तर्जुमा गरी आगामी आथिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने कानुनी व्यवस्थाको कारण रौतहटका १२ स्थानीय तहले अषाढ १० गते नीति कार्यक्रम प्रस्तुत गरेका छन् । दोस्रो कार्यकालको लागि निर्वाचित भएका जनप्रतिनिधिहरुले निर्धारित समयमा नगर अधिबेशन सम्पन्न गरेका छन् । १८ स्थानीय तह रहेका रौतहट जिल्लामा १५ स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम ल्याएका छन् । ३ स्थानीय तह गुजारा नगरपालिका , फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउपालिकाले १० गते नगर अधिबेशन गर्न सकेका छैनन् । अषाढ १० गतेका दिन चन्द्रपुर् नगरपालिका , वृन्दाबन नगरपालिका , माधव नारायण नगरपालिका ,गरुडा नगरपालिका , कटहरिया नगरपालिका, मौलापुर नगरपालिका , बौधीमाइ नगरपालिका , परोहा नगरपालिका , राजपुर नगरपालिका , गौर नगरपालिका , देवाही गोनाही नगरपालिका यमुनामाइ गाउपालिकाले आ आफ्नो नगर अधिबेशन सम्पन्न गरेका छन् ।

यस अघि अषाढ ६ गते राजदेवी नगरपालिका , ८ गते गढि़माइ नगरपालिका ९ गते इशनाथ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम प्रस्तुत गरेका थिए । निर्वाचित जनप्रतिनिधि विच सहमति नहुँदा तीनै स्थानीय तहको अधिबेशन १० गते हुन् सकेका छैन । आर्थिक वर्ष ०७९÷०८० को लागि स्थानीय तहले प्रस्तुत गरेका नीति कार्यक्रममा शिक्षा , स्वास्थ्य , कृषि ,पूर्वाधार विकासको लागि बढी जोड दिइएको देखिएको छ

Comment


Related News

Latest News

Trending News