जीतपुरसिमरा उपमहानगरपालिकाको छैठो नगर सभा स्थगित भएको छ ।
एमालेबाट चुनाव जितेका केही वडा अध्यक्षहरुले नगर सभाको बिरोध गर्दै नगर सभा अगाडि बढाउँन नदिएपछि नगर सभा स्थगित भएको छ । उपमहानगरपालिकाको एमाले निकट केही जन प्रतिनिधिहरुले नगरसभामा प्रस्तुत हुने कार्यक्रम तथा बजेटका सम्बन्धमा कार्यपालिका बैठकमा प्रयाप्त छलफल नगरी ल्याईएको आरोप लगाएका छन् । नगर सभामा ती जनप्रतिनिधिहरु नगर प्रमुख राजन पौडेल र कर्मचारीहरुप्रती आक्रोसित भएका थिए । नगर सभालाई जसरी भएपनि बिफल बनाउने मनसायले निर्धारित समय भन्दा करिब ४ घण्टा ढिलो पुगेका ती जन प्रतिनिधीहरु कहिले हाजरी पुस्तीका ल्याएर डुप्लीकेट हस्ताक्षर भएको भनेर निहु खोजे त कहिले नगर प्रमुखको नगर सभा गर्ने शैली ठिक भएन् भन्दै बखेडा झिकेका आरोप लगाइएको छ ।
नगर प्रमुख राजन पौडेलले बिमतीका कुराहरु नगर सभामा राख्न अनुरोध गर्दा पनि ती प्रतिनिधिहरु नगर सभा स्थगित गर्न रट लगाई रहे । प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेलले नगर सभा अगाडि बढाउँन खोज्दा एमालेबाट चुनाव जितेका एक जनप्रतिनिधिले माईक खोसेर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम अगाडि नबढाउन भन्दै आक्रोस व्यक्त गरेका थिए । उनीहरु कहिले कर्मचारीसँग बाँझे त कहिले अरु पार्टीका वडा अध्यक्षसँग एक जनप्रतिनिधिले बताए । नगर प्रमुख पौडेल र प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले नगर सभा अगाडि बढाउँन जति प्रयास गर्दा पनि आक्रोसित शैलिमा आएका ती वडा अध्यक्षहरु झन आक्रमक बन्दै गए ।

