२०७९ असार ११, शनिबार ०९:३३

सिरहाको अर्नामा गाउँपालिकास्थित मैनावति हेडर्वस संचालनमा आएको छ ।

संघीय सरकार अन्तर्गतका कमला सिचाई व्यवस्थापन कार्यालय धनुषाले शुक्रवार एक कार्यक्रम बीच उक्त हेडर्वसको संचालनमा ल्याएको छ । कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख विरेन्द्र कुमार यादवले शुक्रवार उक्त हेडर्वसको विधिवत रुपमा उद्घाटन गरेका छन् । सिरहाको दक्षिण भेगमा अर्थात अर्नमा गाउँपालिका, औहरी गाउँपालिका, सुखिपुर नगरपालिकामा कमलाको पानि सहज रुपमा किसानको खेत सम्म पुर्याउने उदेश्यले २०७२ सालमै जेष्ठ २३ मै उक्त परियोजनाको निर्माण कार्य थालिएको थियो । कुल ५ करोड ८ लाख ५३ हजारको लागतमा निर्माण गरिएको उक्त हेडर्वसमा शुक्रवार कमलाको पानी छोडेर संचालन गरिएको छ । कमला सिँचाई व्यवस्थापन कार्यालयले पुर्वि नहर अर्थात सिरहाको तर्फबाट साढे १२ हजार र दक्षिणी नहर अर्थात धनुषा तर्फ साढे १२ हजार गरि २५ हजार हेक्टर जग्गामा सिचाईको लागि पानीको व्यवस्थापन गर्दै आईरहेको छ । तर सिरहा तर्फ जग्गा दक्षिणि भेगमा आवश्यकता अनुसारको लिङक क्यान नहुदाँ प्रर्याप्त मात्रामा सिचाईको लागि पानी पुगि रहेको थिएनन् ।

मैनावति हेडर्वस संचालनमा आएपछि सो क्षेत्रमा प्रार्याप्त मात्रामा सिचाईको लागि पानी उपलब्ध हुन सक्ने कमला सिचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख विरेन्द्र कुमार यादवले जानकारी दिए । मैनावति हेडर्वसमा ३ सय १० मिटर सम्म लिङक क्यानल जोडिएको छ भने वेयरको लम्वाई ४४ मिटर र चौडाई ६ मटिर रहेको प्रमुख यादवले बताए । खास गरि सुख्खायामा त्यस क्षेत्रमा कमलाको पानि पुर्याउन समस्या हुने गरेको थियो, प्रमुख यादवले भने,‘ तर अव हेडर्वस संचालनमा आएपछि तत्काल ति समस्याहरु धेरै हद सम्म समाधान हुनुको साथै कृषकहरुले आफ्ना वालीनालीको लागि आवश्यकता अनुसार पानीको उपभोग गर्न सक्छन् ।’ यसैबीच, लामो समयदेखि मैनावति हेडर्वसको संचालनमा रहेका त्यस क्षेत्रका कृषकहरु मैनावति संचालनसँगै हर्षित भएका छन् । प्रर्याप्त सिचाईको अभावमा राम्रोसँग खेतिपाति लगाउन सकेका किसानहरु अव आफ्नै क्षेत्रमा सिचाईमा टेवा पुर्याउने उदेश्यले हेडर्वस संचालनमा आएपछि उत्साहित भएका छन् । कमला सिचाई पुर्वि नहर जल उपभोक्ता समितिका पुर्व सचिव रामउदगार यादवले मैनावति हेडर्वस संचालनले यस क्षेत्रका किसानहरुलाई ठुलो राहत पाएको बताए ।

धानवालिको समयमा हामीले आवश्यकता अनुसार पानि पाईरहेका थिएनौ उनले भने,‘ अव मैनावति हेडर्वस संचालनमा आएपछि धेरै हद सम्म किसानको समस्या समाधान भएको छ ।’

Comment


Related News

Latest News

Trending News