अपडेट 
२०७९ असार ११, शनिबार १३:१०

सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको हो । गठबन्धनमा सहमति भएपछि आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने निर्णय गर्ने सरकारको तयारी छ । यस्तै आयल निगमलाई पनि मूल्य घटाउन निर्देशन दिने सहमति भएको छ ।

बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गर्नुभएको थियो ।

पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो ।

सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने तयारी गरेको स्रोतको भनाइ छ ।  सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएपछि आज राती १२ बजे देखि नै मूल्य समायोजन हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News