२०७९ असार १२, आईतवार ०७:४७

राजविराज । जिल्ला समनवय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि यहाँ आइतबार मतदान हुँदैछ ।

पदको बाडफाटमा कुरा नमिल्दा सत्तारुढ गठबन्धन दल आमनेसामने भएका छन् । चुनावी प्रतिस्पर्धा सत्ता गठबन्धन भित्रका जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेका छन् भने नेपाली काँग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत (समाजवादी) सँग गठबन्धन गरेका छन् । जसपा–नेकपा एमाले गठबन्धनको प्यानलबाट जसपाका छेदी यादव प्रमुख र एमालेका देवकान्त चौधरी उपप्रमुखको उम्मेदवार छन् । काँग्रेस, लोसपा, जनमत, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धन प्यानलबाट काँग्रेसका शिवनारायण साह प्रमुख र लोसपाका शम्भु यादव उपप्रमुखका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला समन्वय समिति गठनका लागि कुनै पनि दलसँग एकल बहुमत छैन् । जसकारण गठबन्धनको सहारा लिइएको छ । जिल्लाको कुल ३६ मतमा काँग्रेसको सर्वाधिक १२ मत छ । त्यसपछि जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमतको ३ तथा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग २/२ मत छ । यसलाई जोड्दा जसपा– एमाले गठबन्धनको १२ मत मात्र पुग्छ ।

काँग्रेस, लोसपा, जनमत, माओवादी केन्द्र र एकीककृत समाजवादी गठबन्धनको २४ मत पुग्छ । जसकारण काँग्रेसले गरेको गठबन्धन बलियो देखिएको छ । उक्त गठबन्धन भित्रका दलमा कुनै खटपट नभए जिल्ला समन्वय समितिमा सजिलै जित हात पार्ने अनुमान गरिएको छ । स्थानीय तहको निर्वाचन परिणाम, प्राप्त मत भार र संगठनको बस्तुस्थितिलाई आधार मानेर प्रमुख र उपप्रमुख पदको बाँडफाँट टुंग्याउने समझदारीको प्रयास अन्तिम क्षणसम्म गरेपनि जसपाले नमानेका कारण चुनावमा जानु परेको काँग्रेसी नेताहरुको भनाई छ । जसपाले भने सत्तागठबन्धनका अर्का सहयात्री काँग्रेसले सम्मानजनक ढंगले पद बाँडफाँट नगर्दा यस्तो स्थिति रहेको जनाएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News