२०७९ असार १२, आईतवार ०७:४९

बारा । बारामा १३ किलोग्राम अवैध लागू औषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउँ पर्नेमा जिल्ला मकवानपुर, बकैया गाउँपालिका वडा न.३ बस्ने वर्ष ३१ को लालकाजी घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ बाराबाट खटिइएको ट्राफिक प्रहरी टोलील धन्सारपुल नजिकै पूर्व पश्चिम राजमार्ग सड्क खण्डमा सवारी साधन चेकजाँचको क्रममा पक्राउँ गरेको हो । पश्चिमतर्फबाट आएको प्रदेश ३–२–०१०प ३४९३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्न लाग्दा मोटरसाइकलको पछाडि सवार करिब २८/३० बर्षिय महिला पिठियूमा बोकेको झोला फालि फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका घिसिङले काधमा भिरेको रातो रंगको कपडाको झोला र महिलाले फालेको झोला खोली हेर्दा दुबै झोलामा अवैध लागू औषध गाँजा १३ किलोग्राम फेला परेको छ । लागु औषध गाँजा मुद्दामा प्रहरीले बारा जिल्ला अदालत कलैयाबाट पहिलो पटक पाँच दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News