२०७९ असार १३, सोमबार ०८:३१

जनकपुरधाम उप–महानगरपालिकाले आगलागीवाट पीडित भएका एक जनालाई आर्थिक सहयोग गरेको छ ।

जनकपुरधाम उप– महानगरपालिका–१७ बस्ने ओम पशु सेवा केन्द्रलाई आइतवार उप–महानगरमा आयोजित एक कार्यक्रम वीच दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख मनोज कुमार साह, प्रमुख प्रशासकीय अधिकृत प्रद्युमन्न उपाध्याय लगायतका कर्मचारीहरुले सो चेक हस्तान्तरण गरेका थिए । केन्द्रका सञ्चालक विजय कुमार यादवलाई सो २ लाखको चेक हस्तान्तरण गरिएको थियो ।

गत जेठ १९ गते भएको आगलागीका कारण एक गाई सहित २ सय ५० हाँस जलेको थियो भने ६ वटा गाई घाइते र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीमा परी पशु सेवा केन्द्रका सञ्चालक यादव समेत घाईते भएका थिए । आगलागीका कारण ठूलो क्षति भएकाले केही राहत होस भने उद्देश्यका साथ राहत प्रदान गरिएको नगर प्रमुख साहले बताए ।

Comment


Related News

Latest News

Trending News