वीरगञ्ज स्थित भारतीय महाबाणिज्य दूतावासले खुला कन्सुल छलफल कार्यक्रमको आयोजना गरेको छ ।
आजादीको अमृत महोत्सव अन्तर्गत महावाणिज्य दूतावासले दूतावास परिसरमा सातौं “कन्सुलर गुनासोहरूका लागि खुला मंच “कार्यक्रमको आयोजना गरेको हो । महाबाणिज्यदूत नितेश कुमारको अध्ययक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालमा बस्दै आएका भारतीयहरुसंग बिशेष छलफल गरीएको थियो । नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकहरू दुःख पीडा लगायतका सबै समस्यालाई नियम संगत समाधान गरिने मुख्य उद्देश्य भएको जानकारी गराइएको छ ।
ब्रिटानिया नेपाल इन्डस्ट्रिज लिमिटेड र हुलास स्टिल्स प्राइभेट लिमिटेडमा कार्यरत भारतीयहरूले वाणिज्य दूतावासमा दर्ता र नवीकरण सम्बन्धी धारणहरु राखेको थिए । अर्को खुला कन्सुलर हाउस छलफल आउने महिनाको अन्तिम शनिबार आयोजन गरिने महावाणिज्य दूतावासले जनाएको छ । महावाणिज्य दूतावासले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मकवानपुर र चितवन जिल्लामा बसोबास गर्दै आएका भारतीय नागरिकलाई यथाशीघ्र वाणिज्य दूतावासमा आफ्नो रजिष्ट्रशन गराउन अनुरोध समेत गरेकोछ । कार्यक्रममा नेपाल बसोवासमा हुने कुनै पनि समस्या र कन्सुलर सेवा प्राप्त गर्नको लागी भारतीय महावाणिज्य दूतावास कन्सुलर शाखामा सम्पर्क गर्न अनुरोध समेत गरिएको थियो ।

