२०७९ असार १३, सोमबार ०९:३४

धनुषाको नगराइन नगरपालिका ५ गंगुलीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा कार्यरत थिए, इन्जिनियर रामशंकर यादव ।

पाँच महिना अघि भारतीय दूतावासको सहयोगमा निर्माण भइरहेको भवनमा उनी खटिएका थिए । उनको बस्ने, खाने सबै प्रवन्ध विद्यालयकै परिसरभित्र थियो । सबै विद्यार्थीसँग पनि परिचित थिए । विहान डुल्ने बेला विद्यार्थीको घरमै पुग्ने गर्दथे। जेठ १८ गते उनले कक्षा दशमा अध्ययनरत एक छात्राको मोवाइल नम्बर मागे । धारामा पानी खान जाँदै गरेको ती छात्रालाई एक्लै देख्दा उनले नम्बर मागेका थिए । त्यो कुरा विद्यालयमा असमान नेपालले गठन गरेको छात्रा सञ्जाल सम्म पुग्यो । सञ्जालका छात्राहरुले शिक्षिका निरु झालाई यादवको हर्कत बारे जानकारी दिइन् । यादवबारे खोज र छलफलपछि यादवलाई कामबाट सम्बन्धित संस्थाले बर्खास्त गरे । त्यस अघि पनि यादवले अनैकौ विद्यार्थीसँग अपशब्द र जिस्काउने हाउभाउमा कुरा गरेको विद्यार्थीहरु बताउँछिन् । ‘कुन जातको छौं । यादवबाहेक अन्य जातिको भन्नासाथ तिमीसँग सेटिङ्ग मिल्दैन ,’उनको कुरा उल्लेख गर्दै त्यहाँका छात्राले भनिन्,‘यादव थर बताउनेलाई विवाहको प्रस्ताव गर्दथे । घुम्न जाने लगायत प्रलोभन दिने गर्दथे।’ दुई वर्षअघि सोही विद्यालयबाट छात्रालाई ‘शरीर स्पर्श ’ गरेको आरोपमा शिक्षक गुड्डुकुमार सिंह कारवाहीमा परे । ती शिक्षकले विद्यार्थीहरुलाई गृहकार्य नगरेको भन्दै गलत मनसायले शरीर समाउने गर्दथे । ‘



घाँटीमा पेन र हातले स्पर्श गर्दथे’विद्यार्थीको समस्या सुनाउँदै सामाजिक परिचालक अस्मिता ठाकुरले भनिन्, ‘संवेदनशील अंगमा पनि हात लगाउने प्रयास गर्दथे । ं गएको असोजमा पनि सोही विद्यालयका एक शिक्षकलाई माफी माग्नु प¥यो । ती शिक्षकले विद्यार्थीको मेकअप र पहिरनको विषयमा नियमित कमेन्ट गर्ने गर्दथे । ‘आज तिमी एकदम राम्री देख्या छौं । फिटिङ लुगा तिम्रो शरीरमा धेरै सुहाउँछ,’शिक्षकको नराम्रो व्यहारको फेरिहस्त खोल्दै छात्राले भनिन्,‘मेकअप, लिपिस्टिक मेहन्दी लगायतको विषयमा सधैं भएर कुरा गर्दथे ।’ शिक्षकको गलत मनसाय भए वा नभए पनि विषयवस्तुभन्दा बाहिरको कुरा शिक्षकले गर्न नपाउने पालिका शिक्षा संयोजक ज्योति रतन बताउँछिन् । ‘हामीले थाहा पाएपछि विद्यालयमा तीन चरणमा बैठक भयो । पहिले हामी छात्राहरुसँग कुराकानी ग¥यौं, त्यसमा एक जना शिक्षिका पनि थिइन् ’उनले ती घटना स्मरण गर्दै भनिन्, ‘त्यसपछि विद्यालय प्रअसहितको टीमले आरोपित शिक्षकसँग कुरा ग¥यौं । उनले माफी मागेर अव त्यसप्रकारको कुरा विद्यार्थीसँग नगर्ने प्रतिवद्धता गरे ।’ बैशाख दोस्रो साता सोही विद्यालयमा कक्षा तीनमा अध्ययनरत एक छात्रा हिंसाको शिकार भइन् । सात वर्षीय छात्रले उनलाई असंवेदनशील अंग देखाउन प्रस्ताव गरेको थियो । ती छात्रले कपडा फुकालेर प्राइभेट अंक देखाउ, कस्तो हुन्छ हेर्छु भन्दा छात्राले घरको अभिभावक समक्ष कुरा शेयर गर्दा घटना बाहिरिएको थियो । पछि सञ्जाल र शिक्षकको समूहले ती विद्यार्थीलाई सचेत गराए । माथि उल्लेखित यी घटनाहरुले विद्यालयमा छात्रामाथि भइरहेको हिंसाको प्रतिनिधिमूलक घटना मात्र हुन् । बैशाख यता एउटै विद्यालयमा घटेको यी चार घटनामा छात्रा सञ्जालको भूमिका र जागरुकता देखिएको प्रधानाध्यापक विजयकुमार झा बताउँछन् । सञ्जालकै प्रयासले विद्यालयमा अन्य घटना नघटेको पनि उनको अनुमान छ ।

‘यी घटनाहरुका विद्यार्थीको चेतनाले घटनाको प्रतिकार गरेको प्रष्टै देखिन्छ,’उनले भने,‘विद्यार्थीको हिम्मत बढेको छ । जसले हिंसाको घटना अन्त्य गर्छन् ।’

Comment


Related News

Latest News

Trending News