अपडेट 
२०७९ असार १३, सोमबार ११:३०

फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेकाे एउटा फेरीमा आगलागी भएको छ ।

उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित रुपमा उद्धार गरेका छन् ।

आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ ।

मामा मेरी–क्लो नाम गरेको डुङ्गा बोहोल र लेयट टापुको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा उद्धारपछि यात्रुहरु नदी किनारमा बसेको देखिएको छ ।

फेरीमा १ सय ५७ यात्रु र आठ चालकदलका सदस्य रहेका खबरमा उल्लेख गरिएको छ । आगलागीको कारण खुल्न बाँकी छ ।

Comment


Related News

Latest News

Trending News