अपडेट 
२०७९ असार १४, मंगलवार ०८:१९

हिन्दीकोप्रसिद्ध कवि मैथिलीशरण गुप्तको एउटा कविताको प्रसिद्ध पंक्ति छ ः अबला तेरी यही कहानी, आँचलमे है दूध और आँखोमे पानी । एक्काइसौँ शताब्दीमा, जतिबेला नारीवादी आन्दोलनका विश्वव्यापी आधुनिक विमर्शहरु, नारी अधिकारका सम्वैधानिक तथा कानूनी व्यवस्थाहरु देशैभरी व्याप्त छ, त्यतिबेला नारीलाई ‘अबला’ सम्बोधन गरिएको निरीह पंक्तिहरु अनुपयुक्त लाग्न सक्छ । सरकारले राज्यका सबै अङ्ग र अवसरहरुमा नारीको निम्ती आरक्षित कोटा छुट्याएको छ, संसदमा महिला सांसदहरुले जसरी नारी अधिकारका विमर्शहरु तथा माँगहरु दृढतापूर्वक प्रस्तुत गर्छिन् र पुरुष सांसदहरुले उत्साहपूर्ण समर्थन जनाउँछन्, त्यो हेर्दा यस्तो लाग्छ, मानौँ महिलाहरुको स्थिति सशक्त छ । तर धरातलमा भएका घटना र परिघटनालाई विचार गर्दा युगौँदेखी महिलामाथी हुने पुरुषवादी शोषण र दमनको रुप फेरिएको मात्र हो र नारी सशक्तिकरणका विमर्श, तर्क र अवसरहरु उपरी मात्र हुन् ।

नेपाल रीडर्स नामक अनलाईनमा सिरहाकी बीना यादवको लामो भिजुअल रेकर्डेड आत्मकथ्य छ । उनि रामेछाप मन्थलीका प्रदीप कठायतसंग ‘रिलेसनसिप’मा बस्दा गर्भवती भइन् । प्रेमीले विवाह गर्न आलटाल गर्न थाल्यो । प्रेमी कठायतले गर्भपात गराउन भन्दा उनले मानिनन् । परिणाम उनि अपहरित भइन्, कुटिइन, बलजफ्ती उनको गर्भपात गराइयो, मिलोमतोमा डाक्टरले उनलाई जबर्जस्ती डिप्रेसनको रोगी घोषित गरेर स्लिपिङ्ग ट्याबलेटको ओभरडोज खुआएर बौलाउने प्रयास समेत ग¥यो । यतिमात्र कहाँ हो र !कानूनी फन्दाबाट जोगिन प्रदिप कठायतले उनिसंग बिहे ग¥यो र अनेक आरोप लगाएर सम्बन्ध विच्छेदको मुद्दा दायर ग¥यो । जब उनि मन्थली जिल्ला अदालतमा मुद्दा लडदै थिइन्, न्यायाधीशले समेत उनलाई भने – ‘तिमी राम्री छौ, उमेरपनि छ, अर्को बिहे गर ।’ कुनै महिला अधिकारवादी संस्थाका स्वयंसेवी वकिललेपनि उनलाई धोका दियो र उनको मुद्दा बिगारीदियो । र जब जिल्ला अदालतले प्रदीप कठायतलाई सफाई दियो, बीनाले विषपान गरेर अदालत परिसरमा आत्महत्या गर्ने प्रयास गरिन् । (हाय, हाम्रो न्याय व्यवस्था ! जस्ले पीडितलाई विषपान गर्न प्रेरित गर्छ ।) टिचिङ्ग अस्पतालमा लामो समयसम्म कोमामा थिइन् उनि । होसमा आएपछि अहिले न्यायको खोजीमा पुनः उच्च अदालतमा अधिकारको लडाईँ लड्ने तयारीमा छिन् । धनुपाकीबलात्कृत कुमारी आमा निहारिका राजपूत तेइस महिने छोरा लिएर अधिकारको खोजीमा जिल्ला अदालतबाट मुद्दा हराइएर काठमाँडौँमा अधिकारको निम्ती संघर्ष गरिरहेकी छिन् । उनको भनाई अनुसार उनलाई धनुषाकै शिवराम श्रेष्ठ नामक एउटा युवकले पटक पटक बलात्कार गरेका थिए । गज्जब छ नि, न्यायालयले फैसला सुनाउँदा निहारिकाको काँखमा रहेको बच्चा देखेरपनि यसबारे बोल्ने आवश्कता नै महसुस गरेन ।

सिन्धुली गोलन्जोरकी राधिका कार्की धनुषाको महेन्द्रनगरको अरुण साह नामक युवकको प्रेममा परेर ‘भागी विवाह’ गरिन् । अरुणले उसलाई जनकपुरमा ल्याएर भाडाको घरमा राख्यो । जब उनले आफ्नो घर भित्र्याउन भनिन्, अरुणले उनलाई जिउभरी बिजुलीको करेन्ट लगाएर मार्ने प्रयत्न ग¥यो । अत्यधिक यातना पश्चात राधिका बेहोस भइन । अस्पतालमा जीवन र मरणको दोसाँधबाट दुई हप्तापछि होस खुलेपछि उनको सत्य तथ्य प्रकाशमा आएको हो । नारी यातनाको यो एक खालकोकेही प्रतिनिधि उदाहरण मात्र हो । नारीप्रतिको विभेद र दमनका यस अतिरिक्त अनेकौँ रुप र उदाहरणहरु निरन्तर घटित भईरहेका छन् । विचार, राजनीति, पहिचान, संस्कृति र भूगोलका अनेकौँ तर्क र विमर्शहरु छन् । तर उत्पीडन र उत्पीडित समुदायको अर्थमा नारीको पीडा सबैतिर समान छन् । यहाँ पहाडको तर्क छ, मधेशको तर्क छ । तर गजब छ नि, मधेशकी बीना यादवलाई पहाड रामेछापका कठायतले धोका दिए र पहाड सिन्धुलीकी राधिकालाई मधेशका अरुण साहले धोका दिए । उत्पीडनको स्तरमा तथा नारी देहलाई भोग्ने मालको रुपमा हेर्ने पुरुषवादी दृष्टिकोण सबैतिर समान देखिन्छ ।नारीको उत्पीडनपनि समान नै छ । त्यसरी नै आफूलाई पहाड र मधेशका साँस्कृतिक र राजनीतिक अधिकारका अगुआ दावी गर्ने राजनीतिक तथा अधिकारवादी संगठनहरुको रौँ हल्लिएको छैन । निहारिका होस वा बिना वा राधिका वा कोही अन्य, विभेदका शिकार महिलाहरुसंग देखिने केही उत्साही व्यक्तिहरुको साथलाई छाडी दिने हो भने संघर्षमा यिनीहरु नितान्त एक्लो देखिएका छन् ।यतिसम्म कि उनिहरु आफन्त र परिवारको साथबाट पनि बञ्चित छन् ।

सत्ताको भागबन्डामा तल माथी भयो भने देशमै आँधी तुफान र भूकम्प मच्चाउन सक्ने राजनीतिक दलहरुको रुचिमा यो परेकै छैन । यस्ले साँस्कृतिक पहिचान र क्षेत्रीय अधिकारका आन्दोलनहरुफकत सत्तामा भागीदारीका उपकरणमात्र रहेको साबित हुन्छ ।अनेक राजनीतिक परिवर्तनको बावजूद आममानिस मात्रै किन, राज्य र यस्का अधिकारीहरुलेमहिला अधिकारको जतिसुकै दुहाई दिएपनि महिलालाई हेर्ने पुरुषवादी वर्चस्वपूर्ण चेतना र व्यवहारमा जडता कायमै देखिन्छ । यद्यपि राजनीतिक आन्दोलन तथा विश्व आधुनिक चेतनाको कारण समाजमा नारीप्रति सकारात्मक सोँच र व्यवहार भएको एउटा समुदाय सामुन्ने आएको छ । आधुनिक चिन्तनले नारीहरुमा एकखालको विद्रोही चेत तथा दृढतापनि देखिएको छ । आफ्नो अधिकारको निम्ती बिना यादव र निहारिका जस्ती चेलीहरु खुलेर आफूसंग भएको बलात्कार र यातनाको पीडा बोल्ने जुन साहस देखाई रहेकी छिन्, त्यो यसैको उदाहरण हो । तर वास्तविक लडाईँमा अत्य उत्पीडित समुदाय जस्तै यी साहसी महिलाहरुपनि एक्लै देखिएकी छिन् । व्यवहारको दृष्टिले सम्पूर्ण सत्ता र समाजनै उनको विरुद्ध देखिन्छ । उत्पीडन र यातनाका शिकार ती साहसी महिलाहरु आफ्ना कानुनी लडाईँमा कदाचित सफल भएमा व्यक्तिको रुपमा दोषीले सजायपनि पाउन सक्छन् । तर ‘राम्री छौ, उमेरपनि छ, अर्को बिहे गर’ भनेर बीनालाई सल्लाह दिने ती न्यायधीश महोदयको चेतनालाई के गर्ने ? जब न्यायाधीशहरु नै चेतनाको स्तरमा टुपीदेखी पैतालासम्म पुरुष अहम् र वर्चस्वादी चिन्तनले भरिएकाहुन्छन् भने के उसले गर्ने न्यायमा नारीको स्वतन्त्र चेतनाको समुचित निर्वाह हुनसक्छ

Comment


Related News

Latest News

Trending News