२०७९ असार १४, मंगलवार ०८:२९

रोपाई शुरु भई सक्दा पनि खेतमा छर्ने मल नपाउदा किसान सडक संघर्षमा उत्रेका छन् ।

सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाईमा किसानहरु सडक संघर्षमा उत्रेका हुन । मलको चरम अभाव खेप्दै आएका किसानहरुले खेतीपाती समयमा पनि मल खाद्य नपाउँदा समस्या भएको भन्दै एक साता अघि पनि प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए । तर हाल सम्म पनि कुनै पहल नहुदा सडक संघर्षमा उत्रिनु परेको राजविराज नगरपालिका वडा १३ का किसान रामबद्री यादवले सुनाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जया कुमारी साह र जिल्ला उपाध्यक्ष उमेश प्रसाद साहको अगुवाइमा पार्टी कार्यालयबाट निस्केको किसानहरुको जुलुश मल खाद्यको व्यवस्था गर, किसानको समस्या समाधान गर लगायतका नारा लगाउँदै बजार क्षेत्र परिक्रममा पश्चात कृषि ज्ञान केन्द्र कार्यालय पुगेर धर्नामा वसेका थिए । सो क्रममा किसानहरु एक घण्टा धर्नामा वसे ।

सप्तरीमा कुल ७० हजार हेक्टर खेती योग्य जग्गा छ । तर मलको अभावमा १५ प्रतिशत जग्गामा मात्र रोपाई हुन सकेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र यादवले पनि स्विकार गरे । उनले भने “मल खाद्य वितरण गर्ने काम साल्ट टे«डिङ्ग करपोरेशन लि.र कृषि सामग्री कम्पनीले गर्ने गरेपनि ती दुबै निकायमा अहिले माग अनुसारको मल खाद्य नहुदा समस्या भएको हो । उनले मल खाद्यको अभावमा १५ प्रतिशत खेतीयोग्य जग्गामा मात्र हाल सम्म रोपाई हुन सकेको लाचारी ब्यक्त गर्दै भने–‘हामीले पनि आफ्नो स्तरबाट हर सम्भव प्रयास गरिरहेका छौं ।’ “मल विनाको खेतीले उत्पादन राम्रो दिन्न, धर्नामा वसेका किसान सुरेन्द्र साह सुरेशले भने–‘वर्षेनी रसायनिक मलको प्रयोग गरेको खेतलाई त्यही मल नै चाहिन्छ ।” रोपाईका समयमा प्रत्येक वर्ष मलको अभाव हुने गरे पनि सरकारले यसको स्थायी समाधान खोज्न नसकेकोमा आक्रोशित बनेका किसानहरुले अविलम्ब मल खाद्यक

Comment


Related News

Latest News

Trending News